बिहिबार, साउन २८, २०८३

बिहिबार, साउन २८, २०८३

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार ‘एफएनजे ग्लोबल सम्मेलन २०२६’हुनेभएको छ ।
पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित केन्द्रीय कार्यसमितिका ३३ जना पदाधिकारी तथा सदस्य, महासंघका १२ वटा वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधि, जापानका पत्रकार र विश्वका विभिन्न मुलुकका क्रियाशील नेपाली पत्रकारको उल्लेखनीय सहभागिता रहनेछ ।

नेपाल पत्रकार महासंघकी केन्द्रिय अध्यक्ष निर्मला शर्मा सम्मेलनमा सहभागिताका लागि बुधबार नै टोकियो आइपुगेकी छन भने अन्य थुप्रै पत्रकारहरु आउनेक्रम जारी छ ।

सम्मेलनको सबै तयारी पुरा भएको पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए।

पत्रकार महासंघका १२ वटै शाखा सहआयोजक रहेको यस सम्मेलनमा प्रवास पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावना, महासंघको केन्द्रीय समिति र वैदेशिक शाखा बीचको सम्बन्ध, प्रवासको नेपाली समुदाय र मिडियाको सम्बन्ध, जिम्मेवार पत्रकारितामा प्रविधिको प्रभाव, प्रेस स्वतन्त्रता लगायत विषयमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल र अन्तरक्रिया कार्यक्रम रहेको पत्रकार महासंघ जापान शाखाकी उपाध्यक्ष मनिषा चम्लागाईले बताइन।

पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले ग्लोबल सम्मेलनमा वैदेशिक शाखालाई केन्द्र सँग जोड्ने विभिन्न बिषयमा पनि महत्वपूर्ण छलफल हुने बताए।

आयोजकका अनुसार सम्मेलनले नेपाल र विश्वभरका नेपाली सञ्चारकर्मीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै प्रवासी पत्रकारिताको संस्थागत विकास, अन्तर्राष्ट्रिय सहकार्य र व्यावसायिक क्षमता अभिवृद्धिमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

नेपाल पत्रकार महासंघको इतिहासमै प्रवासमा हुन लागेको यो सबैभन्दा महत्वपूर्ण र पहिलो सम्मेलन हो । सम्मेलनले टोकियो घोषणापत्र २०२६ जारी गर्नेपनि पत्रकार महासंघ जापान शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

एलन मस्क भेट्टिए आफ्नो प्रेमिका संग

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री...