बुधबार, भदौ २४, २०८३

बुधबार, भदौ २४, २०८३

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल

टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा
एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स जापान २०२६
ससम्पन्न भएको छ  ।

टोकियोको सेन्ट लुक्स गार्डेन टावर, आकाशिचो, चुओ सिटी मा भईको थियो । उक्त सम्मेलनको मूल नारा सञ्चारमार्फत नेपाल र विश्वलाई जोड्दैः प्रवासी आवाज भन्ने रहेको छ।उक्त कन्फेक्सको उद्घाटन नेपाल पत्रकार महासंसको अध्यक्ष निर्मला शर्माले गर्नुभएको हो । उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र क्षेष्ठले विदेशमा पत्रकारिताको चुनौती,डिजिटल मिडियाको प्रभाव, अन्तस्ट्रिय सहकार्य तथा प्रदेशमा रहेका पत्रकारले मताधिकार प्रदान गर्नु पर्ने बिषयलाई प्राथामिकताका साथ उठाउनुभएको छ ।

त्यस्तै एनआरएन जाापानका अध्याक्ष सुवास लामिछानेले पनि यो कार्यक्रममा उठेका मुद्दाहरु पक्कै पनि आगामि दिनमा कार्यन्वयन हुने बताउनुभयो ।

कार्यक्रममा जापानका लागि कार्यवाहक राजदुद महामहिम हरिहरकान्त पौडेलले पत्रकार राज्यको चौथो अंग भएकाले सरकारसँग मिलेर अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले पत्रकार र सरकार कोहि कसैको प्रतिद्वन्द्वि नभएको र सरकारले पत्रकार महासंघ र पत्रकारको योगदान भुल्न नहुने बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघकि केन्द्रिय अध्यक्ष निर्मला शर्माले हाम्रो पुस्ता भन्दा पनि नयाँ पुस्ता जो यहि जन्मिए हुर्किए उनिहरुलाई नेपालसँग कसरि जोड्ने भन्ने कुरा अहिलेको प्रमुख कन्टेन बनेको छ । अहिले ५० लाख भन्दा धेरै नेपालि देश बाहिर छन् उहाँहरुको सहभागिता पनि महत्र्वपुर्ण छ । नेपालमा लोकतन्त्र, अभिब्यक्ति स्वतन्त्रता ,प्रेस स्वतन्त्रताका मुद्दामा हामि सबैले कसरि सहयोग गर्न सक्छौ भनेर सोच्नु पर्ने समय आएको छ । जहाँसुकै छरिएर बसेपनि नेपालिको सहयोग विना सम्भव छैन् । अहिले हामि दक्षिण एसियामा नै अभिब्यक्ति स्वतन्त्रतामा नेपालमा अलि सुरक्षित भएको भनिए पनि तर अहिले तुलनात्मक रुपमा नेपालको अभिब्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता ओरालो लागेको अवस्था छ । यो बिषयमा बाहिर प्रदेशमा बस्ने नेपालिलाई जोड्नका लागि कसरि काम गर्न सकिन्छ भनेर यस कन्फेक्समा छलफल हुने बताउनुभयो ।

सम्मेलनका मुख्य साझेदारका रूपमा स्माइल्स मोबाइल रेमिटेन्स र स्माइल्स कनेक्ट रहेका छन् भने फ्रन्ट अप ई–सिम इभेन्ट पार्टनरका रूपमा सहभागी रहेको आयोजकले जनाएको छ।उक्त कार्यक्रममा नेपाल ,युरोप, अमेरिका, बेलायत लगायत विभिन्न देशका पत्रकारहरुको सहभागिता रहेको छ । आयोजकका अनुसार उक्त सम्मेलनले विश्वका विभिन्न देशमा क्रियाशील नेपाली सञ्चारकर्मीबीच अनुभव साटासाट र प्रवासी नेपाली समुदायको आवाजलाई अझ प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्णभुमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...