सोमवार, असार १, २०८३

सोमवार, असार १, २०८३

वैदेशिक सम्बन्धलाई सत्ताको सिढी नबनाउन राप्रपा अध्यक्षको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक सम्बन्धलाई सत्ताको सिँढी नबनाउन आग्रह गरेका छन्

एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा जारी सैद्धान्तिक छलफलमा भाग लिँदै लिङ्देनले विदेशी सम्बन्धलाई सत्ताको भर्‍याङ बनाउँदायुक्रेनको हालत के भयो भनेर स्मरण गराए

वैदेशिक सम्बन्धलाई सत्ता चढ्ने सिँढीका रुपमा प्रयोग नगरियोस् सत्तामा बसिराख्ने उपायका रुपमा प्रयोग नगरियोस् वैदेशिकसम्बन्ध केटाकेटी ढंगले प्रयोग गरियो भने के हुन्छ भने कुरा भर्खरै युक्रेनको घटनाले देखिएको त्यसकारण वैदेशिक सम्बन्धमा गम्भीरहुन अपिल गर्छु,’ उनले भने

उनले एमसीसी केवल आर्थिक सहायताको विषयमात्र नभएको भनेर जनता विभाजित भएको यसमा राष्ट्रिय सहमति आवश्यक रहेकोबताए यसलाई राष्ट्रिय सहमति कायम गरी सबैको सल्लाह सहमतिमा अगाडि बढाउनुपर्छ राष्ट्रिय सहमति जुटाउन अहिले स्थगनगरेर नयाँ ढंगबाट जानुपर्छ,’ उनले भने

अध्यक्ष लिङ्देनले संसदले गर्ने सबै निर्णयहरु ठिक नभएको इतिहास स्मरण गराए महाकाली सन्धी उदाहरण के के लाभ हुन्छभनेर प्रचार गरियो तर कस्तो लाभ भयो भनेर हेरिरहेका छौं त्यकासरण सबै निर्णय सही हुँदैन,’ उनले भने, ‘यस्तो कोलाहलवातावरणमा गरिने निर्णय उचित हुँदैन दफा दफा, एक एक दफा बुझिने गरी छलफल बुझाउनुपर्छ ’  

यसबाट पैसामात्रै होइन अरु चिज पनि आउँछ भनेर शंका रहेको भन्दै लिङ्देनले कानुन प्रक्रिया पुर्‍याएरमात्र  टुंग्याउन नहुने धारणा राखे सामान्य मान्छेले पनि भनिरहेको , सहायताहरु पहिले संसदबाट किन अनुमोदन किन गराउनुपरेन, अहिले किन गर्नुपर्‍यो ? पाँच वर्षकोपरियोजनालाई किन अन्तर्राष्ट्रिय सन्धीको मान्यता दिनुपर्‍यो ?’ उनले प्रश्न गरे   

लिङ्देनले व्याख्यात्मक घोषणामाथि पनि व्यंग्य गरे एउटा साकाहारी पण्डितलाई मासु खान मन लागेपछि के गर्ने भन्ने भयो वास्तवमा खसीले घास खाएर बन्ने हो त्यसैले खसीलाई साकाहारी मानेर मासु खान मिल्छ भनेर उपाय निकालियो त्यसैगरी यहाँव्याख्यात्मक घोषणासहित पारित गर्ने कुरा आयो यो अमेरिकाले मान्छ कि मान्दैन ? एमसीएले मान्छ कि मान्दैन ? जनतालाई भ्रमितनपारौं सरकार दलक आलाकाँचो व्यवहारले सिंगै देशले परिणाम भोग्नुपर्छ,’ उनले भने  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...