शुक्रबार, कार्तिक १४, २०८३

शुक्रबार, कार्तिक १४, २०८३

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्।

बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बादेले शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका छन्। उनी ०७४ को निर्वाचनमा एमालेबाटै बनेपाको मेयरमा निर्वाचित भएका थिए।

बनेपा नगरपालिका एमाले केन्द्रीय सदस्य गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रसमेत हो। बाँस्कोटाले आफूलाई मेयरको टिकट दिलाउने वचन दिएर पनि धोका दिएको उनले बताए।

साथै, उनले बनेपाको मेयर पदबाट पनि राजीनामा गर्ने बताएका छन्। ‘आज र भोलि सार्वजनिक बिदा छ, म पर्सि कार्यालय खुलेपछि नियमानुसार राजीनामा दिन्छु,’ उनले भने। एमाले परित्याग गरिसकेपछि आफू नैतिकताका आधारमा सो पदमा बहाल हुन नसक्ने भएकाले राजीनामा दिने उनले बताए । एमालेले बनेपा नगरपालिकाको मेयर पदमा रत्नकुश रञ्जितलाई टिकट दिएको छ ।

मेयर बादेले पार्टीभित्र सल्लाह र छलफल नगरी जे पायो त्यही गरेको भन्दै गुनासो पोखेका छन्।

‘पार्टीभित्र मनलाग्दी किसिमको काम भयो,’ उनले भने, ‘धोका दिने काम भयो। त्यसकारण पार्टीबाट राजीनामा दिएँ।’

उनले बाँस्कोटाले आफूलाई मेयरको टिकट दिने वचन पटकपटक दिएर पनि धोका दिएको बताए।

‘गोकुल बाँस्कोटाले अहिलेसम्म मलाई मेयरसाप भन्नुभएको थिएन,’ उनले भने, ‘मलाई दाइ नै भन्नुहुन्थ्यो, १४ वर्ष अघिदेखि नै। हाम्रो राम्रो किसिमको सम्बन्ध थियो।’ उनले बाँस्कोटालाई ‘भगवान्’ भन्दा केही कमी नमाने पनि आफूले भने धोका पाएको बताए।

‘उहाँलाई मैले धेरै मान्थेँ, भगवान् भन्दा केही तल मान्थेँ, उहाँले पनि यस्तो किसिममा मलाई हु्न्छ, हुन्छ भनेर इलेभेन्थ आवरसम्म पनि आश्वासन दिनुभयो,’ उनले भने, ‘साँठगाँठ उहाँहरुको के भयो मलाई थाहा छैन। तीन/चार महिना यतादेखि चाहिँ कुरा हुन छाड्यो।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह-भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुनेबताउनुभएकाे छ । हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई...

अख्तियारले दायर गर्यो मृत्यु भइसकेका व्यक्तिसहित तीनविरुद्ध १ करोड ३५ लाखको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...

नुहाउने क्रममा डुबेर दुईको मृत्यु, एक बेपत्ता

दाङ । दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...