शुक्रबार, साउन १, २०८३

शुक्रबार, साउन १, २०८३

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्।

बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बादेले शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका छन्। उनी ०७४ को निर्वाचनमा एमालेबाटै बनेपाको मेयरमा निर्वाचित भएका थिए।

बनेपा नगरपालिका एमाले केन्द्रीय सदस्य गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रसमेत हो। बाँस्कोटाले आफूलाई मेयरको टिकट दिलाउने वचन दिएर पनि धोका दिएको उनले बताए।

साथै, उनले बनेपाको मेयर पदबाट पनि राजीनामा गर्ने बताएका छन्। ‘आज र भोलि सार्वजनिक बिदा छ, म पर्सि कार्यालय खुलेपछि नियमानुसार राजीनामा दिन्छु,’ उनले भने। एमाले परित्याग गरिसकेपछि आफू नैतिकताका आधारमा सो पदमा बहाल हुन नसक्ने भएकाले राजीनामा दिने उनले बताए । एमालेले बनेपा नगरपालिकाको मेयर पदमा रत्नकुश रञ्जितलाई टिकट दिएको छ ।

मेयर बादेले पार्टीभित्र सल्लाह र छलफल नगरी जे पायो त्यही गरेको भन्दै गुनासो पोखेका छन्।

‘पार्टीभित्र मनलाग्दी किसिमको काम भयो,’ उनले भने, ‘धोका दिने काम भयो। त्यसकारण पार्टीबाट राजीनामा दिएँ।’

उनले बाँस्कोटाले आफूलाई मेयरको टिकट दिने वचन पटकपटक दिएर पनि धोका दिएको बताए।

‘गोकुल बाँस्कोटाले अहिलेसम्म मलाई मेयरसाप भन्नुभएको थिएन,’ उनले भने, ‘मलाई दाइ नै भन्नुहुन्थ्यो, १४ वर्ष अघिदेखि नै। हाम्रो राम्रो किसिमको सम्बन्ध थियो।’ उनले बाँस्कोटालाई ‘भगवान्’ भन्दा केही कमी नमाने पनि आफूले भने धोका पाएको बताए।

‘उहाँलाई मैले धेरै मान्थेँ, भगवान् भन्दा केही तल मान्थेँ, उहाँले पनि यस्तो किसिममा मलाई हु्न्छ, हुन्छ भनेर इलेभेन्थ आवरसम्म पनि आश्वासन दिनुभयो,’ उनले भने, ‘साँठगाँठ उहाँहरुको के भयो मलाई थाहा छैन। तीन/चार महिना यतादेखि चाहिँ कुरा हुन छाड्यो।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...

सुदूरपश्चिमेली समाज जापानको अधिवेशन सम्पन्न, विकास रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित

सुदूरपश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न भयो ।अधिवेशनले बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । रोकायाको अध्यक्षतामा ९ सदस्यिय कार्यसमितिको गठन...