आइतवार, भदौ १४, २०८३

आइतवार, भदौ १४, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने

टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन ।

कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार टोकियोमा आयोजना गरेको एक अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्न शाही जापान आउने भएका हुन ।

बिहीबार टोकियोको इकेबुकुरो स्थित तोसिमा सिभिक सेन्टरमा दिउसो १ बजे देखि ५ बजे सम्म  कर्णाली प्रदेश समाज जापानले  `कर्णालीको आवाज बिश्व भरका नेपाली सँग` बिषयमा बिशेष अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा नेता शाहीले नेपालको वर्तमान अवस्था साथै विदेशमा रहेका नेपालीको देश निर्माणमा भूमिकाका बिषयमा पनि जापानवासी नेपाली सँग बृहत अन्तर्कृया गर्ने कर्णाली प्रदेश समाज जापानका अध्यक्ष बिरेन्द्र शाहीले बताए ।

कार्यक्रममा सहभागि भएर आफ्ना बिचार राख्न र सुन्नका लागि पनि कर्णाली प्रदेश समाज जापानले जापानका सबै संघ संस्था संगठनका साथै सबै जापानवासी नेपाली लाई हार्दिक अनुरोध गरेको छ ।

आयोजकका अनुसार जापानमा नेता शाही अन्य विभिन्न कार्यक्रममा पनि सरिक हुने कार्यक्रम तय भएको छ ।उहाको यो नितान्त निजी भ्रमण रहेको पनि कर्णाली प्रदेश समाज जापानले जनाएको छ । भ्रमण एकसाता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

अख्तियारले दायर गर्यो मृत्यु भइसकेका व्यक्तिसहित तीनविरुद्ध १ करोड ३५ लाखको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...