बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

 

साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम आयोजना हुने भएको छ । ‘अछाम सेवा समाज जापान’को ब्यानरमा हुन लागेको यो भेटघाट कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नै मौलिक परिवेशको अनुभूति गराउने लक्ष्य राखेको छ ।

आगामी अगस्ट २ तारिख (आइतबार) का दिन चिबा केनस्थित रमणीय साकुराचुचुमी पार्कमा यो कार्यक्रम आयोजना हुनेछ । दिउँसो १२ बजेबाट औपचारिक रूपमा बार्वेक्यू सुरु हुने भए तापनि व्यवस्थापकीय सहजताका लागि आयोजकले सहभागीहरूलाई ३० मिनेट अगावै उपस्थित हुन अनुरोध गरेका छन् ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा सुदूरपश्चिमको प्रसिद्ध ‘देउडा’ खेल रहनेछ । यसका साथै गजल वाचन, क्यारिकेचर, परम्परागत मटका फुटाउने खेल तथा अन्य सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप रोचक बनाउने आयोजकको तयारी छ । विदेशी भूमिमा रहेर पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई जोगाइराख्न यस्ता गतिविधिहरू कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

कार्यक्रम संयोजक रविन रावलका अनुसार यो भेला कुनै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जापानबासी अछामीहरूलाई एउटै सूत्रमा बाँध्नका लागि आयोजना गरिएको हो । उनले भने, ‘हाम्रो उद्देश्य जापानका विभिन्न सहरमा छरिएर रहेका दाजुभाइ तथा दिदीबहिनीलाई एउटै थलोमा भेला गराई सुख-दुःख साटासाट गर्ने र समुदायलाई थप सशक्त बनाउनु हो ।’

त्यस्तै, उप-संयोजक नरेश भण्डारीले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सम्पूर्ण अछामी समुदायलाई सपरिवार सहभागी भई कार्यक्रमको शोभा बढाइदिन अपिल गरेका छन् ।

कार्यक्रममा सहभागिताका लागि विभिन्न वर्गलाई लक्षित गरी सहुलियतपूर्ण शुल्क निर्धारण गरिएको छ । जसमा विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था छ भने परिवारका लागि ५ हजार येन भन्दा माथि स्वैच्छिक सहयोग तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...