बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको आदेशमार्फत बदर गरेको हो ।

सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने उद्देश्यले लागू गरेको उक्त नीतिविरुद्ध नेपाल मिडिया सोसाइटी सर्वोच्च अदालत पुगेको थियो । सोसाइटीले उक्त निर्णय सार्वजनिक तथा निजी सञ्चारमाध्यमबीच विभेद गर्ने, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र समान व्यवहारको सिद्धान्तविपरीत रहेको दाबी गर्दै रिट दायर गरेको थियो ।

सरकारले खर्च कटौतीको नाममा २०८२ चैत १८ गते सरकारले सरकारी विज्ञापन तथा सूचनाहरू सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई मात्र दिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले गत चैत २४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतको फैसलासँगै निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय स्वतः निष्प्रभावी बनेको छ । अदालतले निर्णयको पूर्णपाठ तयार भइसकेको जानकारी दिँदै दुई दिनभित्र सार्वजनिक गरिने जनाएको छ । यसअघि असार २२ र २३ गते दुवै पक्षका तर्फबाट बहस सम्पन्न भएको थियो भने अन्तिम सुनुवाइ सकिएको एक सातापछि अदालतले फैसला सुनाएको हो ।

नेपाल मिडिया सोसाइटीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सतीशकृष्ण खरेल, रमेश बडाल, ललितबहादुर बस्नेत, दिनेश त्रिपाठी र अधिवक्ताहरू अनन्तराज लुइँटेल, विकास भट्टराई, कीर्तिनाथ शर्मा पौडेल, विशाल थापा, दुर्वाशा लुइँटेल र रामप्रसाद पुडासैनीले बहस गरेका थिए ।

सरकारका तर्फबाट महान्यायाधीवक्ता नारायणदत्त कँडेल, नायव महान्यायाधीवक्ता उद्धवप्रसाद पुडासैनी र सहन्यायाधिवक्ता श्रीधर अर्याल गरी तीनजना मात्रै बहस गरेका थिए ।

रिट निवेदनमा सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई पनि समान रूपमा उपलब्ध गराइनुपर्ने माग गरिएको थियो ।

सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र नै बदर गर्ने आदेश दिएसँगै सरकारी विज्ञापन वितरणसम्बन्धी सरकारले अघि सारेको ‘एकद्वार प्रणाली’ कानुनी रूपमा खारेज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

ध्यान किन आवश्यक छ र कसरी गर्ने ?

काठमाडौं । तपाईको स्वभाव कस्तो छ ? कुनैपनि कुरा एकाग्र भएर गर्न सक्नुहुन्न ? जति पढेपनि तपाईले पढेको कुरा सम्झन गाह्रो हुन्छ ? तपाईलाई...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...