बिहिबार, कार्तिक ६, २०८३

बिहिबार, कार्तिक ६, २०८३

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

 

साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम आयोजना हुने भएको छ । ‘अछाम सेवा समाज जापान’को ब्यानरमा हुन लागेको यो भेटघाट कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नै मौलिक परिवेशको अनुभूति गराउने लक्ष्य राखेको छ ।

आगामी अगस्ट २ तारिख (आइतबार) का दिन चिबा केनस्थित रमणीय साकुराचुचुमी पार्कमा यो कार्यक्रम आयोजना हुनेछ । दिउँसो १२ बजेबाट औपचारिक रूपमा बार्वेक्यू सुरु हुने भए तापनि व्यवस्थापकीय सहजताका लागि आयोजकले सहभागीहरूलाई ३० मिनेट अगावै उपस्थित हुन अनुरोध गरेका छन् ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा सुदूरपश्चिमको प्रसिद्ध ‘देउडा’ खेल रहनेछ । यसका साथै गजल वाचन, क्यारिकेचर, परम्परागत मटका फुटाउने खेल तथा अन्य सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप रोचक बनाउने आयोजकको तयारी छ । विदेशी भूमिमा रहेर पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई जोगाइराख्न यस्ता गतिविधिहरू कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

कार्यक्रम संयोजक रविन रावलका अनुसार यो भेला कुनै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जापानबासी अछामीहरूलाई एउटै सूत्रमा बाँध्नका लागि आयोजना गरिएको हो । उनले भने, ‘हाम्रो उद्देश्य जापानका विभिन्न सहरमा छरिएर रहेका दाजुभाइ तथा दिदीबहिनीलाई एउटै थलोमा भेला गराई सुख-दुःख साटासाट गर्ने र समुदायलाई थप सशक्त बनाउनु हो ।’

त्यस्तै, उप-संयोजक नरेश भण्डारीले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सम्पूर्ण अछामी समुदायलाई सपरिवार सहभागी भई कार्यक्रमको शोभा बढाइदिन अपिल गरेका छन् ।

कार्यक्रममा सहभागिताका लागि विभिन्न वर्गलाई लक्षित गरी सहुलियतपूर्ण शुल्क निर्धारण गरिएको छ । जसमा विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था छ भने परिवारका लागि ५ हजार येन भन्दा माथि स्वैच्छिक सहयोग तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

वैदेशिक सम्बन्धलाई सत्ताको सिढी नबनाउन राप्रपा अध्यक्षको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक सम्बन्धलाई सत्ताको सिँढी नबनाउन आग्रह गरेका छन् । एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा जारी सैद्धान्तिक छलफलमा भाग लिँदै लिङ्देनले...

नेपालगन्जमा रेडपाण्डाको छालासहित चार जना होटलबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो...

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...