आइतवार, भदौ २१, २०८३

आइतवार, भदौ २१, २०८३

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

 

टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को आयोजनामा हुने “जीवन शर्मा एकल साँझ – Live in Tokyo 2026” आगामी जुलाई २८ (मंगलबार) टोकियोको Meguro Kumin Centre मा आयोजना हुने भएको हो।

“सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको…” जस्ता कालजयी गीतबाट नेपाली जनमानसको मन जित्न सफल गायक शर्माको प्रस्तुति जापानमा रहेका नेपालीका लागि विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। उहाँका गीतहरूले श्रमिक, किसान, दुःख, संघर्ष, देशप्रेम र सामाजिक चेतनालाई सशक्त रूपमा अभिव्यक्त गर्दै दशकौँदेखि नेपाली संगीतलाई समृद्ध बनाउँदै आएका छन्।

विदेशी भूमिमा बसेर आफ्नो भाषा, संस्कृति र मौलिक संगीतलाई आत्मसात् गरिरहेका नेपालीहरूका लागि यो कार्यक्रम मनोरञ्जन मात्र नभई आफ्नोपन र मातृभूमिको सम्झना ताजा गराउने अवसर पनि बन्ने विश्वास गरिएको छ।

कार्यक्रममा गायक शर्माले नेपालमा माओवादी द्वन्द्वका क्रममा भोगेका संघर्षपूर्ण दिनहरूको समेत स्मरण गर्ने विश्वास गरिएको छ। समाजमा रहेका कुप्रथा, विभेद र असमानताविरुद्ध आवाज उठाउँदै उहाँले लामो समयदेखि आफ्ना गीत तथा सांगीतिक प्रस्तुतिमार्फत परिवर्तनको सन्देश प्रवाह गर्दै आउनुभएको छ। त्यसैले गायक शर्माको कार्यक्रममा सहभागी हुनु भनेको सामाजिक चेतना, समानता र परिवर्तनका संवाहक सरल तथा शालीन व्यक्तित्वप्रति सम्मान व्यक्त गर्नु पनि भएको आयोजक बसन्त थापाले बताउनुभयो।

कार्यक्रम साँझ ५:०० बजे देखि सुरु हुनेछ। आयोजकले परिवार, साथीभाइ तथा सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई नेपाली कला, संस्कृति र संगीतप्रति सम्मान प्रकट गर्न आग्रह गरेको छ।

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि :

बसन्त थापा

080-4473-6183

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

नेचर सुपर मार्केटको चौथो शाखा खुल्दै

काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुल्ने भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा यही फागुन १७ गतेबाट चौथो शाखा सञ्चालनमा आउने अध्यक्ष...

मंसिरमा तीनै तहको निर्वाचन एकैपटक गर्ने सत्ता गठबन्धनको निष्कर्ष

काठमाण्डौं । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वर्ष निर्वाचन हुने भएकाले पूर्वतयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिए लगत्तै बसेको सत्ता गठबन्धनले तीनै...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...