सोमवार, बैशाख २९, २०८२

सोमवार, बैशाख २९, २०८२

एप्पल विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड

एप्पल सन् २०२२ मा विश्वको सबैभन्दा बढी मूल्यवान ब्राण्ड हुन सफल भएको छ । ब्राण्ड डाइरेक्टरीको रिपोर्ट अनुसार विश्वभरका ५०० कम्पनी मध्ये सन् २०२२ मा एप्पल विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो ।

एप्पलको कुल ब्राण्ड भ्यालु ३५५ बिलियन अमेरिकी डलर रहेको छ । गत वर्षभन्दा एप्पलको ब्राण्ड भ्यालु ३५ प्रतिशतले बढेको छ ।  संसारका १० मूल्यवान कम्पनीको सूचीमा अमेरिकी कम्पनीको बर्चश्व रहेको छ ।

त्यस्तै शीर्ष १० मूल्यवान कम्पनीको सूचीमा दोस्रो नम्बरमा अमेजन, तेस्रोमा गूगल, चौथौंमा माइक्रोसफ्ट, पाँचौंमा वालमार्ट, छठौंमा सामसुङ, सातौंमा फेसबुक, आठौंमा आइसिबिसी, नवौंमा ह्वावे र दशौंमा भेरिजोन रहेको छ ।

यी १ मूल्यवान कम्पनीमध्ये इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना र ह्वावेका चीनियाँ कम्पनी हुन् भने सामसङ दक्षिण कोरियाको कम्पनी हो ।

अमेजनको ब्राण्ड भ्यालु ३५० बिलियन, गूगलको २६३ बिलियन, माइक्रोसफ्टको १८४ बिलियन, वालमार्टको १११ बिलियन, सामसङको १०७ बिलियन, फेसबुकको १०१ बिलियन, आईसिबिसीको ७५ बिलियन, ह्वावेको ७२ बिलियन र भेरिजोनको ६९ बिलियन अमेरिकी डलर ब्राण्ड भ्यालु रहेको छ ।

रिपोर्ट अनुसार टिकटक संसारको सबैभन्दा छिटो ग्रो हुने ब्राण्ड भएको छ । कम्पनी एक वर्षमा २१५ प्रतिशत ग्रो भएको छ । सन् २०२१ मा टिकटकको भ्यालु १८.७ बिलियन डलर रहेको थियो तर यसवर्ष ५९ बिलियन डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विदेश बाट सुन ल्याउनेले पैसा तिर्नुपर्ने

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको पहिलो ५० ग्रामसम्ममा प्रति दश ग्रामको नौ हजार ५ सय रुपैयाँ लाग्ने भएको छ। नयाँ बजेटमार्फत ५० ग्रामभन्दा बढी...

चलाउने व्यापार तथा निकासी प्रवद्र्धन समितिकोे सदस्यमा नियुक्त

काठमाडौं । युवा उद्यमी निराजन बहादुर चलाउने व्यापारतथा निकासी प्रवद्र्धन समितिकोे सदस्यमा नियुक्त भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत व्यापार तथा निकासी...

जीवन चलाउनेको मस्टा ग्रुपले गर्यो २ अर्ब बढीको कारोबार

काठमाडौं – खाद्यान्न आयात र ट्रेडिङमा सक्रिय मस्टा ग्रुप प्रालिको कारोबारमा उछाल देखिएको छ। कम्पनीले चामल, गेडागुडी, मकै, गहुँ तथा अन्य खाद्यान्नको व्यापार गर्छ।...

सुनको भाउमा बृद्धि

काठमाडौं । कात्तिक महिनाको पहिलो दिन अर्थात् मंगलबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको...