आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

एप्पल विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड

एप्पल सन् २०२२ मा विश्वको सबैभन्दा बढी मूल्यवान ब्राण्ड हुन सफल भएको छ । ब्राण्ड डाइरेक्टरीको रिपोर्ट अनुसार विश्वभरका ५०० कम्पनी मध्ये सन् २०२२ मा एप्पल विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो ।

एप्पलको कुल ब्राण्ड भ्यालु ३५५ बिलियन अमेरिकी डलर रहेको छ । गत वर्षभन्दा एप्पलको ब्राण्ड भ्यालु ३५ प्रतिशतले बढेको छ ।  संसारका १० मूल्यवान कम्पनीको सूचीमा अमेरिकी कम्पनीको बर्चश्व रहेको छ ।

त्यस्तै शीर्ष १० मूल्यवान कम्पनीको सूचीमा दोस्रो नम्बरमा अमेजन, तेस्रोमा गूगल, चौथौंमा माइक्रोसफ्ट, पाँचौंमा वालमार्ट, छठौंमा सामसुङ, सातौंमा फेसबुक, आठौंमा आइसिबिसी, नवौंमा ह्वावे र दशौंमा भेरिजोन रहेको छ ।

यी १ मूल्यवान कम्पनीमध्ये इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना र ह्वावेका चीनियाँ कम्पनी हुन् भने सामसङ दक्षिण कोरियाको कम्पनी हो ।

अमेजनको ब्राण्ड भ्यालु ३५० बिलियन, गूगलको २६३ बिलियन, माइक्रोसफ्टको १८४ बिलियन, वालमार्टको १११ बिलियन, सामसङको १०७ बिलियन, फेसबुकको १०१ बिलियन, आईसिबिसीको ७५ बिलियन, ह्वावेको ७२ बिलियन र भेरिजोनको ६९ बिलियन अमेरिकी डलर ब्राण्ड भ्यालु रहेको छ ।

रिपोर्ट अनुसार टिकटक संसारको सबैभन्दा छिटो ग्रो हुने ब्राण्ड भएको छ । कम्पनी एक वर्षमा २१५ प्रतिशत ग्रो भएको छ । सन् २०२१ मा टिकटकको भ्यालु १८.७ बिलियन डलर रहेको थियो तर यसवर्ष ५९ बिलियन डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

अख्तियारले दायर गर्यो मृत्यु भइसकेका व्यक्तिसहित तीनविरुद्ध १ करोड ३५ लाखको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

सेयर बजार तिब्रगतिमा ओरालो

काठमाडौँ — एकै दिन सेयर बजार परिसूचक नेप्से करिब १ सय अंक घटेको छ । सोमबार ९९.८ अंक झरेपछि नेप्से २८२० अंकमा अडिएको छ । पुस...

नेपालले अमेरिका संग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय...