शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ। 

समीक्षा वर्षको ३ महिनामा २ लाख २७ हजार ७५५ पर्यटक नेपाल घुम्न आएका छन्। कोभिडअघि सन् २०१९ को मार्चको तुलनामा ७८प्रतिशतले पर्यटन आगमन सुधार भएको बोर्डले जनाएको छ। 

सन् २०१९ को मार्चमा १ लाख २७ हजार ३५१ पर्यटक नेपाल आएका थिए। सन् २०२३ को मार्चमा ९० हजार ११४ पर्यटक बाहिरिएकाछन्। 

मार्च महिनामा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल आएका छन्। समीक्षा महिनामा २४ हजार ९११ भारतीय नेपाल आएका हुन्।दोस्रोमा युनाइटेड स्टेटबाट ९ हजार ५५७, तेस्रो यूनाइटेड किंगबाट ६ हजार १३३, चौथो जर्मनी ४ हजार १४९ र पाचौं श्रीलंका ३ हजार८९८ पर्यटक नेपाल आएका छन्। 

गत महिनामा ७ औं स्थानमा उक्लिएको चीन भने मार्चमा ९ औं स्थानमा ओर्लिएको छ। समीक्षा महिनामा २ हजार ६३५ चिनियाँ नेपालआएका छन्। 

फेब्रुअरीमा २ हजार २२२ चिनियाँ नेपाल घुम्न आएका थियो। पर्यटक आगमनमा सुधार देखिए पनि नेपालको १० प्रमुख आगामन देशकोसूचीमा भने तल झरेको हो। 

नेपाललाई पनि पर्यटक गन्तव्य मुलुकमा समावेश गरेपछि चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएको थियो। कोभिड अघिसम्म चिनियाँपर्यटक भारतपछिको दोस्रो ठूलो बजार थियो। 

क्षेत्रगत रूपमा कुल आगमन संख्याको सार्कबाट ३३.६ प्रतिशत युरोपबाट, २३.४ प्रतिशत, एसियाबाट १५.७ प्रतिशत, अमेरिकाबाट ११.३प्रतिशत, ओसिनियाबाट ९.४, मध्य एसियाबाट १.५ प्रतिशत र अन्यबाट १०.४ प्रतिशत पर्यटक नेपाल आएका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...