शुक्रबार, साउन १, २०८३

शुक्रबार, साउन १, २०८३

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा पनि महत्त्वपूर्ण छ ।

यो दिन खासमा भगवान् सूर्य देवताको दिनका रुपमा पनि हेरिन्छ । ज्योतिष शास्त्रका अनुसार आइतबारको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ ।

धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्य अस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता भोजन खानु हुँदैन ।

आइतबारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।

आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ ।

सूर्य देवको पूजा गर्दाको फाइदा

सनातन परम्परामा हरेक दिन कुनै न कुनै देवतालाई समर्पित गरिन्छ। दृश्य देवताको पूजा गर्न आइतबारको दिन निकै शुभ मानिन्छ । वैदिककालदेखि नै सूर्यदेवको पूजा आराधना हुँदै आएको छ । सूर्यदेवलाई वेदमा ईश्वरको नेत्र र ज्योतिषमा ग्रहहरूको राजाको रूपमा वर्णन गरिएको छ। जीवन, सुस्वास्थ्य र बल दिने भगवान् सूर्यको हरेक दिन कुनै न कुनै कारणले पूजा गर्न नसक्ने भए आइतबारको दिन उहाँको पूजा गर्नुपर्छ । यस दिन सूर्यदेवको विधिपूर्वक पूजा गरिन्छ।

सूर्य देवताको पूजा विधि

आइतबारको दिन स्नान र तपस्यापछि सर्वप्रथम  ‘ओम घ्रिण सूर्याय नमः’ मन्त्र जप्दै तामाको भाँडोमा रोली र अक्षत हालेर सूर्य भगवानलाई अर्घ्य दिनुहोस्। यसपछि रातो रंगको आसनमा बसेर पूर्व दिशामा फर्केर भगवान सूर्यको यो मन्त्रको कम्तीमा एक मालाको जप गर्नुपर्छ।

सूर्यदेवको आराधनाले शीघ्र फल दिनेछ । यस्तो अवस्थामा आइतबार आदित्य हृदय स्तोत्रको पाठ गर्नाले साधकको सबै मनोकामना छिट्टै पूरा हुन्छ र सुख, समृद्धि र सुस्वास्थ्यको आशीर्वाद प्राप्त हुन्छ। आदित्य हृदय स्तोत्रको तीन पटक जप गर्नाले व्यक्तिमा लागेको सबै कलंक हटेर समाजमा इज्जत प्राप्त हुन्छ ।

सूर्य देवताको सरल मन्त्र

यदि कुनै कारणले विधि अनुसार भगवान सूर्यदेवको आराधना गर्न नसकेमा आइतबारको दिन स्नान र ध्यान गरी निम्न १२ सरल मन्त्र जप गरी उहाँको आशीर्वाद प्राप्त गर्न सक्नुहुन्छ । यी मन्त्रको जप गर्नाले तपाईलाई स्वास्थ्य र सौभाग्य प्राप्त हुनेछ। यदि कसैले सूर्यनमस्कारका यी मन्त्रहरूको अभ्यास गरेमा उसलाई सौभाग्यको साथसाथै राम्रो स्वास्थ्यको वरदान पनि मिल्छ।

ॐ सूर्याय नमः।

ॐ भास्कराय नमः।

ॐ रवये नमः।

ॐ मित्राय नमः।

ॐ भानवे नमः।

ॐ खगय नमः।

ॐ पुष्णे नमः।

ॐ मारिचाये नमः।

ॐ आदित्याय नमः।

ॐ सावित्रे नमः।

ॐ आर्काय नमः।

ॐ हिरण्यगर्भाय नमः।

धर्म ग्रन्थमा सूर्यलाई प्रधान देवता मानिएको छ । पुराणका अनुसार, प्रत्येक महिनामा सूर्यको एउटा विशिष्ट रुपको पुजा गर्ने गरिन्छ । वैदिक कालमा पनि आर्य सूर्य लाई नै जगतको कर्ता धर्ता मान्ने गर्दर्थे  । सूर्यबार विशेषत आइतबार मानिन्छ । सूर्यलाई जल चढाउँदा, मन्त्रको जप गर्दा सूर्य नमस्कार गर्दा बल, विद्या, वैभव तेज, पराक्रम र दिव्यता आउँछ ।

१. बिहान स्नान गरेपछि तामाको लोटामा शुद्ध जल लिएर सुर्यदेवलाई अर्पित गर्नुस ।

२. बिहान सूर्योदयको समयमा रातो फुल, सिन्दुर आदिले सूर्यदेवको पूजा गर्नुस र सकेसम्म रातो बस्त्र पनि लगाउनुस ।

३. रातो चन्दनको मालाले ऊँ घृणी सुर्याय नमःमन्त्रको जप गर्नुस। कम से कम पाँच मालाको जप गर्नुस ।

४. आइतवार गरिब व्यक्तिलाई गँहु दान गर्नुस । यसले पनि सूर्यको दोष कम हुन्छ।

५. कुनै विद्वान पण्डितलाई सोधेर रूबीलाई तामाको औठिमा राखेर आफ्नो साइली औलामा लगाउनुस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...

सुदूरपश्चिमेली समाज जापानको अधिवेशन सम्पन्न, विकास रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित

सुदूरपश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न भयो ।अधिवेशनले बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । रोकायाको अध्यक्षतामा ९ सदस्यिय कार्यसमितिको गठन...