सोमवार, साउन २५, २०८३

सोमवार, साउन २५, २०८३

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ ।

एनआरएन जापानको दशौं अधिवेशनका लागि कार्यसमितिले गठन गरेको निर्वाचन समिति र अधिवेशनलाई सहजीकरण गर्न गठन गरिएको अध्यक्ष मण्डलका विच कार्यक्षेत्रको विषयमा असहमति मात्रै होईन दुबै समिति निर्वाचन सम्पन्न भएपछिको अवस्थामा एक अर्का विरोधी देखिएका छन ।

एनआरएन जापानमा रहेको सदस्यता नक्कली रहेको भन्दै त्यसलाई छानविनगरी निर्वाचन गर्न कार्यदल बनाई २७ तारिखको निर्वाचन लाई ३० तारिखमा सारिएको थियो । सबैको सहमतिमा जुलाई ३० तारिख विहान १० बजेबाट ८ बजे सम्म भएको निर्वाचनमा ९३९४ कुल मतदाता मध्ये ७७५७ जनाले अनलाईन माध्यम बाट मतदान गरेका थिए ।

राति ८ बजे निर्वाचन समितिले घोषणा गरेको निर्वाचन परिणाममा शिव प्रसाद पौडेल ३०३८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएको जानकारी दिईयो र निर्वाचन सन्पन्न भएको अध्यक्ष मण्डलले पत्रकार सम्मेलन गरी जानकारी दिईएको थियो ।

निर्वाचन पछि पराजित भएका उम्मेदवारहरुले निर्वाचनमा धाँधली भएको एवं भारतको उडिसाबाट पनि मतदान भएको भन्दै उजुरी दिएपछि सपथ गराउने कि नगराउने भन्ने बारेमा अलमलमा परेको अध्यक्ष मण्डलले संस्थापक अध्यक्ष राजन प्रधानाङ्गको संयोजकत्वमा छानविन समिति गठन गरेको जनाएको छ । यसैविच छानविन गर्न बनेको समितिले अगष्ट ५ तारिख अध्यक्ष मण्डललाई आपनो क्षेत्रअधिकार नभएपनि नव निर्वाचित समितिलाई सपथ नगराउन पत्र पठाएपनि निर्वाचन समितिले ५ तारिख साँझ नै नवनिर्वाचित पदाधिकारीलाई पछि जानकारी दिनेगरी छिटै सपथ गराउने सूचना जारी गरेको छ । निर्वाचन समितिका अनुसार निर्वाचन सम्पन्न भई सकेको परिप्रेक्षमा निर्वाचन सम्पन्न गराउनका लागि बनेको अध्यक्ष मण्डल र उसले निर्माण गरेको छानविन समितिको औचित्य नभएको दावी गरेको छ । निर्वाचन समितिले आज एक सूचना जारी गर्दै निर्वाचनमा धाँधली नभएको दावी गरेको छ । उता छानविनका लागि सहजिकरणका लागि राजन प्रधानाङ्ग संयोजक रहेको छानविन समितिले आफ्नो कार्य प्रारम्भ भएको भन्दै आवश्यक कागज पत्र माग गरेर अध्यक्ष मण्डलका अध्यक्ष पारस मणि पोखरेललाई पत्राचार गरेको छ ।

एनआरएन जापानमा अहिले कुन समितिले के गर्न हुने के गर्न नहुने प्रष्ट नभई एकपछि अर्को विवादित निर्णय गरेका छन । यसले समग्रमा एनआरएन जापानलाई अझ विवादित बनाउने चिन्ता बढेको सदस्यले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...