बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

हिटलर, लिङ्गदेन अनि मुर्गाहरु

 

सबैले सुनेकै कथा हो यो, र पनि एक पटक दोहोर्याउन मन लाग्यो ।

एक दिन जर्मन चान्सलर एडल्फ हिटलर कुखुराको भाले काखि च्यापी संसद छिरेछन् ।

सधै तनाव र आक्रोशित मुद्रामा देखिने हिटलर मुसुमुसु हास्दै संसद छिरेको दृश्यले सान्सदहरू मुखामुख गरेछन् ।

Gokul Karki
लेखक

मान्छे सन्कि भए पनि हिटलर दिलदार नै हुन् । आफू शाकाहारी भएर पनि हाम्रो लागि चिकेन पार्टीको व्यवस्था गरेछन् भन्ने निष्कर्ष सहित सान्सदहरू ज्यादै खुशी भएछन् ।

संसद परिसरमा उत्सुक नजरमा हिटलरले एक राउण्ड टाउको घुमाएछन् ।
त्यहा गोयवल्स पनि थिए ।

“अनि के छ त गोयवल्स तिम्रो हालचाल । सवै ठीकै त छ ?” हिटलरबाट सोधनी भएछ ।

“ठीकठीकै छ फ्यूहरर ।” … विस्तारै विस्तारै वाकी पनि ठीक हुनेछन् ।” गोयवल्सले झुक्दै भनेछन् ।

गोयवल्स हिटलरको सञ्चारमन्त्रि थिए । कुनै पनि झूट कूरालाई एकसय पटक दोहोर्याएर भनियो भने मान्छेहरूले त्यसलाई सत्य ठान्न थाल्नेछन् भन्ने गोयवल्सको विश्वास थियो ।

त्यसैले उनी हरेक झूठलाई एकसय पटक दोहोर्याएर जनतामाझमा प्रचार प्रसार गर्थे । त्यै भएर पनि गोयवल्स हिटलरको प्रीय पात्र थिए । गोयवल्सको हालखवर सोध्नु भित्रको राज पनि त्यही नै थियो ।

हिटलरले भालेलाई यसो नियाले । एकाएक उनको मुखाकृति वदलियो । उनले भालेलाई चटपटाउन नसक्ने गरि खुट्टा र पखेटामा च्याप्प समाते । अनि एकाएक दाह्रा किट्दै भालेको प्वाख उखेल्न थाले ।

भाले कहालिन थाल्यो । छटपटिदै कराउन थाल्यो । र पनि उनको रफ्तार जारी रह्यो । हेर्दाहेर्दै भाले पुरै खुइलियो । उखेल्न बाकी एउटै प्वाख नरहेपछि अर्धमरो भालेलाई फुत्त भुइतिर हुर्याए । भाले धुन्मुनिदै हिटलरबाट ओझेल पर्यो ।

यस्तो हुनेछ भन्ने हिटलरलाई थाह थियो । उनले कोटको खल्तिमा मकैका दानाहरू बोकेका थिए । हामीभन्दा धेरै नै पढेलेखेको रैछ हिटलरको भाले । जर्मन भाषा पुरै वुझ्ने ।

मकैको गेडा भुइतिर फाल्दै हिटलरले जर्मन भाषामै “तुर्रर्र आ ।” “तुर्रर्र आह ।” भन्दै बोलाए ।

लुकेकै ठाउवाट भालेले यसो मुन्टो उठाएर हेर्यो ।

आहा । मकै खसाल्दै हिडेको एउटा दयालु हिटलर । दाना छर्दै हिडिरहेको एउटा दानी हिटलर । ग्यानी हिटलर । आफ्नो अन्नदाताप्रति भाले नतमस्तक भयो ।

अघि भर्खरै मात्र आफुलाई भुत्ल्याउने हिटलरले खसालेको दाना टिप्दै भाले पछि पछि लाग्यो । संसदहलमा हिटलर पुन एक पटक मुस्कुराए । यो पटकको मुस्कानमा कुटिलता घोलिएको थियो । विदा हुनुपूर्व एक जोडदार मुट्ठी जातो घुमाएझै घुमाउदै संसदबाट बाटो लागे ।

भुत्ल्याई सकिएकोलाई मात्र हैन, भुत्ल्याउन बाकीहरूलाई पनि एक बाजि भुत्ल्याएर फकाउन सकिन्छ, यदि आफूसंग चाहरा छ भने ।

जातो घुमाए झै मुट्ठी घुमाउने हिटलरको सन्देश यही नै थियो कि,

भुत्ल्याओ ।

दुवै हातले भुत्ल्याओ ।

अटेरीहरूलाई भुत्ल्याएरै काबुमा ल्याओ ।

र अन्तमा चाहरा फ्याकेर फकाओ ।

जर्मन सान्सदहरूले कुरा वुझिहाले । भाले काटेर भोज खुवाउन हैन, जनता के हुन्, संसदलाई लेक्चर दिन आएका थिए हिटलर ।
कुखुरालाई प्रतिकात्मक विम्ब बनाएर हिटलर वाहिरिए ।

,,,,,,

सदियौ वर्ष पूर्व हिटलरले निर्दिष्ट गरिदिएको नेपाली राजनीतिको एउटा सजीव मोडेल, जुन अहिले चालू छ । हिटलरका नया अवतारहरू चामलका पोका वोकेर यतिखेर वस्ति बस्ति डुलिरहेका छन् । ग्यासका सिलिण्डर बोकी चूल्हों चूल्हों पुगिरहेका छन् । ओखतिका ट्याव्लेट बोकी विरामीको वेडसम्म पनि भ्याएकै छन् ।

अझ कैयौ त खेतका गरा(गरा, बारीका पाटा पाटामा गएर बालि नालि लगाइदिनेर भित्राउने काममा व्यस्त रहेको पनि देख्न सकिन्छ ।

पेशागत चर्मकारहरूलाई आजीवन छि स् छिस् दूरदूर गर्नेहरू चोकचोकमा बसेर जदौ गर्ने,आउने जानेहरूको जुत्ता पालिस गर्नेसम्मको गतिविधि गरेको पनि देखेकै छम् ।

हो, यी अधिकाङ्श तिनै हुन् जसले हिजोका दिनमा हिटलरले कुखूरा भुत्ल्याए झै गरि नेपाली जनतालाई भुत्ल्याए । जनताले बोल्न पाएनन । आफूले चाहेको शासन व्यवस्था रोज्न पाएनन । जसले दाशतालाई स्वीकार्यो, उसले कृपा पायो । क्षमा पायो । जसले रैती बन्न इन्कार गर्यो, उसले वारूद गोलि खायो । आतंककारीको विल्ला पायो ।

सोझो मुखले, शान्त भावले,भद्र तवरले असन्तुष्टि पोख्ने नागरिकको घर(घर छिरेर डढेलो झोसियो ।… किन त ?

किलो शेरा टू र सर्च एण्ड डिष्ट्रोय,,,, घाटी निचोर्ने । गोलिले भुट्ने । बुटले दवाउने ।,,,लाइनमा राखेर तारो हान्ने, धूवामा उडाउने,,,,, यो सवै के का लागि थियो त ?

मैना सुनारहरू किन वलात्कृत हुदै मारिए ?

शान्ति वार्ताकै क्रममा दोरम्बामा ज्ञढ निहत्थाको कत्लेआम किन गरियो ?

जिउदै खाल्डो खन्दैरपुर्दै शिवपुरीको जंगल नागरिकका चिहानले किन भरिए ?

विश्वभर प्रचलित राज्यव्यवस्था ल्याउन संविधानसभाको चुनाव गरौ भन्दा भारतदेखि बेल्जियमसम्म, अमेरिकादेखि वेलायतसम्मको सैन्य सामाग्रीरहतियारर लजिष्टिक रबम बारूद बटुलेर आफ्ना नागरिकमाथि ट्रिगर कसले दाब्यो ?

 

“आतंककारीसंग जम्मा भेट हुदा सुरक्षाकर्मीको कारवाही परि फलानो ठाउमा यति जना आतंककारीको मृत्यू भयो ।”

हरेक दिन विहान रेडियो नेपालको सात वजेको समाचारमा कम्तिमा दश जना आतंककारी त मरेकै हुन्थे । दिनको दश जनाको दरले दश वर्षसम्म कति मारिएछन्, तत्कालिन समाचार वाचिका कोमल वली दिदीले पक्कै वताउनेछिन् । उनले वताइनन भने ध्रुव थापा छन् । प्रवीण गिरीहरू छन् , हरीश चन्दहरू छन् , सोध्दा भै त गो ।

मान्छेले पाएको एकवारको जुनिमा रैतिवाट नागरिक बन्छु भन्न नपाउने रु मारिहाल्नु पर्ने ?

मारिएका १७ हजार मध्ये १३ हजार जनको निर्मम हत्या कसले गर्यो, आँकडा बोलेको छैन र ? अनि उल्टै बिद्रोही पक्षलाई हत्याराको बिल्ला भिराउने ?

तत्कालिन सत्ताले तीन चौथाई भन्दा ज्यादा मानिस मार्यो । ती सबै काखमा राखेर माया गर्दागर्दै मरेका हुन् त ?

आज आएर वल्ल वल्ल हटाईएको यस्तो ज्याद्रो ज्यानमारा राज्य चै किन फर्काउनुपर्ने ?

यस्ता असंख्य-असंख्य प्रश्नहरू छन् ।

र, आजको यो व्यवस्थाले चाहे ती जतिसुकै उपल्लो स्तरका शासकरप्रशासक किन नहुन, प्रश्न गर्न सक्ने अधिकार दिलाएको छ । जवाफदेहिताको सुनिश्चितता प्रदान गरेको छ ।

तर हिटलरद्वारा परिचालित गोयवल्सहरू विभिन्न खालका भ्रम छर्दै हाम्रो यो अधिकारलाई लुट्न चाहिरहेका छन् ।

जुन व्यवस्थाले राज्यसत्ता विरूद्द बोल्ने अधिकार दिएको छ , त्यै व्यवस्थाको विरुद्दमा यिनिहरू खनिएका छन् । यो व्यवस्थाकै जगमा निर्मित सबैभन्दा उत्कृष्ठ र समृद्द पालिका देख्दा यिनको दिल किन जलेको होला ?

अभियन्ताको जामा पहिरिएका फ्यूहररका खेतलाहरू यस यूगकै उत्कृष्ठ जनप्रतिनीधिमाथि किन धावा बोलिरहेका होलान् ?समृद्दरसमुन्नतर विकसित क्षेत्ररभूगोल देख्नै नहुने । खुशी अनि सुखी नागरिक देख्नै नहुने के भएको होला ?

डाहले पोल्ने, छट्पटिने, वकबकाउने अपराधिक मनोवृत्ति बोकेका यी र यस्ता मान्छेहरूको उदेश्य के होला, जो घरघरमा पुगेर चामलका पोका बाडेको स्वाङ रचिरहेका छन् ?

खेतलाहरू भन्दैछन्,
“यो व्यवस्था पुरानो भयो । नेता पुराना भए । तिनका शान सौकत राजा महाराजाको जस्तै विलासी भयो । पुराना फालौ, नया रोजौ ।

२४० वर्षे थाङ्नेहरूको रून्चे ऐलान हो यो । दफन हुन बाकी जडको दारूण चित्कार हो यो ।

यदि हामीले छानेका नेता राजा(महाराजा भएछन् भने पाच बर्षमा घाटमा सेलाउने हुति हामीसंगै छ । समाधान हामीसंगै छ, त्यसैले यो कुनै समस्या हैन । तर, तिनले जुन कूव्यवस्थाको वकालत गर्दै वर्तमान व्यवस्थामाथि प्रहार केन्द्रित गरिरहेछन्, कुनै पनि मूल्यमा स्वीकार्य छैन । तिनले नियुक्त गर्न खोजेको शासक अपरिवर्तनीय छ । समस्या नै यही हो ।

भोली वदमाशी गरिहाल्यो भने पनि निकाल्न सक्ने अधिकार त दूर, चुइक्क बोले मात्र पनि बिगतमा झैं ज्यान गायव पारिन सक्छ । के यही दिन ल्याउन नपाएर यी अभियान्ताहरू छटपटाई रहेका हुन् रु यीनलाई अझै छट्पटाउन दिऔं ।

विविसिमा काम गर्ने एउटा पूर्व पत्रकार छन्, जसको नारा नै “दिन पाइयोस्, खान पाइयोस् ।” भन्ने छ । यथार्थमा उनको मनसाय चै ुमाग्न पाइयोस्, खान पाइयोस् ।ु भन्ने नै हो ।

वास्तवमा यो नारा भित्र दरिद्रताको चरम प्यास उर्लिएको छ । हात थाप्ने र थपाउने भन्दा परको सोच नै छैन ।

प्राकृतिक न्यायको सिद्दान्तले प्रदत्त अधिकारले भन्दा पनि दान दक्षिणा चन्दा भेटिले जीन्दगी गुजार्ने वाहेक परको सोच छैन । आफू दिने ठाउमा, र अरू हात थाप्ने ठाउमा रहिदिनु यसभित्रको उत्कट अभिलाषा हो । हो, यही अभिलाषाले घाटिघाटि भएकाहरूले समृद्द नेपालरसुखी नेपाली नागरिकलाई देखि सहन्न । जव दाशहरू वाकी रहन्नन, मालिकहरूलाई आफ्नो अस्तित्वको चिन्ता रहन्छ ।

अभियन्ताको फुलि भिरेर भरतपुरमा कोलाहल मच्चाउने तिनै मध्येको एक मालिक हो । दाशहरूको उन्मूलन गरियो भन्दै आत्तिएको हो । चिच्याएको हो । हाम्रो लागि जन्मिएका सेवक र सुसारेहरूलाई भड्काइयो भन्दै रोएको हो । आयन्दा यसो नगर्न चेतावनी दिईएको हो ।

के अव यो सवै हर्कत स्वीकार्य हुन सक्छ रु ग्राह्य हुन सक्छ ? यी मालिकहरुका लागि हाम्रा आमाहरूले थप दाशहरू जन्माउन सक्छन् ? चम्मर हल्लाउदै सेवामा हाजिर हुने सेवक र सुसारेहरू जन्माउन सक्छन् ?

कदाचित ।

एक्काइशौ शताब्दीका नेपाली जनता हिटलरको भाले बन्न मन्जुर छैनन । आफ्नो चाहरा खल्तिमै राख । पछि आफैलाई काम आउछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...

एसीसी प्रिमियर कपमा नेपालको शानदार जित

नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा सोमबार सुरु भएर मंगलबार टुङ्गिएको फाइनलमा यूएईविरुद्ध शानदार जित निकाल्यो। टस हारेर ब्याटिङ थालेको यूएईले ३३.१ ओभरमा सबै विकेट...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...