मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

मोरङ लेटाङमा भएको झडपमा एक प्रहरीको मृत्यु

काठमाडौँ । मोरङको लेटाङमा अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको छ।

आइतबार साँझ लेटाङ–५ मा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएपछि स्थानीय प्रशासनले अहिले बिहान ७ बजेबाट कर्फ्यु लगाएको हो।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नेपालखबरसँग टेलिफोनमा भने, ‘अहिले बिहान ७ बजेदेखि लागू हुनेगरी अर्काे आदेश नभएसम्मका लागि लेटाङका ४, ५ र ६ नम्बर वडामा कर्फ्यु लगाएका छौं।’

मोरङको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा​ घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो।

घाइतेहरुलाई उपचारार्थ कोसी अस्पताल लगिए पनि श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको प्रदेश १ का प्रहरी प्रवक्ता एसपी नवीन राईले जानकारी दिए। घटनामा मोरङका एसपी जनार्दन जिसीसहित १५ जनाभन्दा बढी प्रहरी घाइते भएका छन्।

लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको भन्दै विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो। सोही तनाव नियन्त्रणका लागि खटिएको प्रहरी टाेलीलाई आक्रोशित स्थानीयको भीडले आक्रमण गरेको हो।

आक्रमणमा संलग्न दुई जना पनि घाइते भएको एसपी राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...