सोमवार, असार १, २०८३

सोमवार, असार १, २०८३

टुडीखेलमा मनाइयो माघे संक्रान्ति

काठमाडौँ — माघ महिनाको पहिलो दिन शनिबार बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यु, चाकु खाएर माघे संक्रान्ति पर्वमनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति अर्थात् माघ १ गते मकर (माघे) संक्रान्तिका नाममा पनि वैदिकसनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्पराअनुसार यो पर्व मनाउँदै छन

कोरोना भाइरसको जोखिमका कारण सरकारले लगाएको प्रतिबन्धका कारण विगतको तुलनामा सार्वजनिक ठाउँमा जमघटका कार्यक्रमकम भए । तैपनि काठमाडौं टुँडिखेलमा मौलिक पोसाकमा सजिएका मगर समुदायका मानिसहरु भेला भइ तस्बिर खिच्ने र रमाइरहेकादेखिए  

माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा क्रमशः रात छोटो हुँदै जान्छ । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यानसाधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण सीमितभक्तजनमात्र स्नान गर्न पुगेका थिए । देवघाटको मुख्यस्थलमा शुक्रबारदेखि नै प्रहरीले आउजाउ निषेध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि बिज्ञ समूहको सुझाव

काठमाडौँ — पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले सुझावसहितकोप्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनपछि आइतबार...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...