बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

एनआरएनए महाधिवेशन गराउने जिम्मेवारी शेष घलेलाई

काठमाण्डौं । पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशन गराउने जिम्मेवारी पाएका छन्।

महाधिवेशन प्रतिनिधि चयनमा देखिएको विवाद बढ्दै गएको अवस्थामा एनआरएनएले एनआरएनए संरक्षक परिषद् अध्यक्ष घलेलाई उक्त जिम्मेवारी दिइएको हो।

एनआरएनएले नयाँ नेतृत्व चयनका लागि हुने दसौँ महाधिवेशन सम्पन्न गर्न घले संयोजक रहेको सात सदस्यीय समिति बनाएको छ। घले नेतृत्वको समितिमा समितिमा पूर्वअध्यक्षहरू र हालका अध्यक्ष कुमार पन्तलाई पनि राखिएको छ।

संघको ८१ औं आइसीसी पूर्ण बैठकले एनआरएनएको विवाद समाधान र अधिवेशन गर्न प्रमुख संरक्षक घलेको संयोजकत्वमा शनिबार ७ सदस्यीय समिति बनाएको हो।

समिति सदस्यमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र पन्तलाई राखिएको हो।

यो बैठकले अहिले जारी विवादलाई टुंगोमा पुर्याउँदै सबैजना मिलेर यसलाई सबै गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा स्थापित गर्ने कुरामा पनि जोड दिएको छ। घलेलाई अघि सार्दा अहिलेको विवाद निरुपण हुने निचोड पनि संघको छ।

यो बैठकबाट संघको दसौँ महाधिवेशन र आइसीसी निर्वाचन कार्यतालिकाको पनि टुंगो गरेको छ।

बैठकले यही फेब्रुअरी २८ मा आइसीसीको निर्वाचन गराउन जनवरी २६ भित्र महाधिवेशन प्रतिनिधिको नामावली संरक्षक परिषदमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने कुराको पनि निर्णय लिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पाकिस्तानका एक पत्रकारको गोली हानी हत्या

पाकिस्तानका एक टेलिभिजन पत्रकारको सोमबार प्रेस क्लब बाहिर गोली हानी हत्या गरिएको छ ।  स्थानीय पत्रकार समूहलेआक्रमणलाई प्रेस स्वतन्त्रतामा खतरा भएको बताएको छ । स्थानीय...

ड्रोन आक्रमण अमेरिकाको योजना भएको रुसको दाबी

दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको बताएका छन्। 'हामीसँग यसको प्रमाण छ। त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १०...