आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

चर्चित अभिनेत्री रेखा थापाले गरिन् विवाह

काठमाडौं । नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन्।

रेखाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्।

बारेकोट गाउँपालिका वार्ड नं. ५ जाजरकोट स्थायी घर भई हाल अमेरिका बस्दै आएका शाही र रेखाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ।

नायिका थापाले आफ्नो विवाहबारे औपचारिकरुपमा केही बताएकी थिएनन् । सामाजिक सञ्जाल फेसबुकमा उनले पछिल्लोपटक प्रणय दिवसको अवसरमा स्टाटस लेख्दै सबैलाई शुभकामना दिएकी छन् ।

रेखाको निर्माता छविराज ओझासँग १० वर्षअघि डिभोर्स भएको थियो। चर्चित अभिनेत्री थापा हाल राजनीतिमा सक्रिय छिन्। उनी गएको मंसिरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा उठेर पराजित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

को हुन सुमन थापा !

काठमाडौँ — सुमन थापा कसरी स्वप्न सुमन भए ? कसरी संगीतको स्वप्निल दुनियाँमा आइपुगे ? कसरी भजन गाउँदा–गाउँदै युवा मनको ढुकढुकी बने ? यसको फेहरिस्त लामो मात्र...