सोमवार, मंसिर १, २०८३

सोमवार, मंसिर १, २०८३

सेयर बजारमा हरियाली

सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यसदिन नेप्से ५३.३० अंकले वृद्धि भएर २७ सय५४.२८ विन्दुमा बन्द भएको हो।

यस्तै सेन्सेटिभ इण्डेक्स पनि दोहोरो अंकले बढेको छ। सेन्सेटिभ इण्डेक्स १०.८३ अंकले बढेर ५२२.१३ पुगेको छ। यसदिन २२४कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँमा खरिदबिक्री भयो। 

यसदिन कारोबारमा आएका १३ वटै समूहको सूचक बढेको छ। जलविद्युत समूहको सूचक सर्वाचिक ४.३२ प्रतिशतले बढेको छ।  यस्तैअन्य समूहको सूचक ३.३८ प्रतिशतले बढ्दा वित्तको २.८५, लघुवित्तको २.८२, लगानीको २.४९,विकास बैंकको २.७१ प्रतिशतले सेयरमूल्य बढेको हो।

यस्तै निर्जीव विमाको १.४९, जीवन विमाको १.२५, व्यापारको १.३५ र होटल तथा पर्यटनको १.६३ प्रतिशतले मूल्य बढेको छ। यसदिनएउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो।तेह्रथुम पावर कम्पनीको ८.७० प्रतिशत र हिमालय उर्जा विकास कम्पनीको ७.७५ प्रतिशतले सेयर मूल्य बढेको हो।

यसदिन कारोबार रकमका आधारमा हिमालयन डिस्टिलेरी अग्रस्थानमा रह्यो। सो कम्पनीको २२ करोड ७७ लाख बढी मूल्यमा सेयरखरिदबिक्री भयो। यस्तै नेसनल हाइड्रो पावरको १८ करोड बढीको सेयर कारोबार गर्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस

लन्डन । बेलायतको नयाँ प्रधानमन्त्री लिज ट्रस बन्नुहुने भएको छ । बेलायतको सत्तारूढ दल कन्जरवेटिभ पार्टीको नेतामा सोमबार जितहासिल गरेसँगै उहाँ बेलायतको प्रधानमन्त्री बन्नुहुने...

डेढ करोड कमिसनका लागि तीन जनाको हत्या

तीन जनाको हत्या आरोपमा पक्राउ परेका अनिलकुमार मण्डलले हत्या जग्गा किनबेच गर्दा आउने कमिसनका कारण भएको प्रारम्भिकबयान दिएका छन् । अपराध महाशाखा काठमाडौं र...

भीम रावललाई नेकपा एमालेले प्रतिनिधिसभाको टिकट नदिने

काठमाडौँ — अछाम १ बाट सर्वसम्मत रुपमा सिफारिस भएका पूर्वउपाध्यक्ष भीम रावललाई नेकपा एमालेले प्रतिनिधिसभाको टिकट नदिने भएको छ । निर्वाचन क्षेत्र १ बाट...

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...