मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

एमसीसी भोलि टेबल हुदै

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा टेबल हुने भएको
प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर एमसीसी टेबल गर्नेतयारी गर्न आग्रह गरेका छन् प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई टेलिफोन गरी एमसीसी टेबल गर्न आग्रह गरेका  हुन्

प्रधानमन्त्री देउवाले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने त्यसको लागि आफूले सभामुख सापकोटासँग कुरा गरिसकेकोजानकारी मंगलबारको कांग्रेस संसदीय दलमा गराएका छन्

प्रधानमन्त्री देउवाले आज बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षमाधव नेपालाई बालुवाटार बोलाइ एमसीसी अनुमोदन गर्ने वातावरण बनाउन आग्रह गरेका थिए कांग्रेसले राष्ट्रिय हितमा भएकालेएमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको बुधबारको बैठकमा पेस गर्नुपर्ने कांग्रेसको निर्णय  

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पनि बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुन सक्नेबताएका छन्

एमसीसी टेबुल गर्न राष्ट्रिय सहमतिको शर्त राख्दै आएका सभामुख सापकोटासमेत सोमबारको सर्वदलीय बैठकपछि सकारात्मकदेखिएका छन् एमसीसीमा दलहरु नै निर्णायक भन्दै सापकाटोले आफू अम्पायरको भूमिकामा रहेको भन्दै एमसीसी अगाडि बढाउनेसंकेत गरेका छन्

यद्यपि एमालेले सभामुखको कार्यशैलीमाथि प्रश्न उठाउँदै संसदमा अवरोध गर्दै आएको एमसीसी टेबल हुन दिने कि नदिने भन्नेएमालेले स्पष्ट धारणा सार्वजनिक गरेको छैन एमाले अध्यक्ष केपी ओलीले सोमबारको संसदीय दलको बैठकमा एमसीसीमा एमालेपर्ख हेरको रणनीतिमा रहेको बताएका थिए  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

महावीर पुन सरकारबीच सात बुँदे सहमति

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सात बुँदे सहमति भएको छ। केन्द्रका अध्यक्ष पुन र सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

प्रधानमन्त्री दाहाल लामिछाने नेतृत्वको रास्वपा सरकारमा ल्याउन आतुर

 गठबन्धनलाई पाँच वर्ष टिकाउन र सरकारका काम कारबाहीलाई द्रूत गतिमा अगाडि बढाउन लामिछानेको पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्ड तयार भएका छन । माओवादी स्रोतका अनुसार...