मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

स्थानीय तहको निर्वाचन रोक्न माग भएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । स्थानीय तह निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा पुगेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले बुधबार सो आदेश दिएको हो ।

गत माघ २६ गते महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजिवकुमार साहले दायर गरेको रिट सर्वोच्च अदालतका रजिस्टारले दर्ता गर्न अस्वीकार गरेका थिए । त्यसविरुद्ध उनले अर्को निवेदन दिएकामा आज सुनुवाइ भइ प्रक्रिया पुगेको भए दर्ता गर्न आदेश भएको हो ।

‘संविधान र कानूनको व्याख्या सम्बन्धी यस प्रकारको विषयलाई न्यायिक प्रक्रियामा प्रवेश नै नपाउने गरी प्रशासनिक तहबाट नै निवेदन दरपीठ गरी टुंग्याउनु उचित देखिँदैन। तसर्थ, निवेदन दरपीठ गरेको यस अदालतका रजिष्ट्रारको मिति २०७४।१०।२६ को आदेश बदर गरिएको छ। अरु कुराको रीत पुगेको भए पेश हुन आएको रिट निवेदन दर्ता गरी अरु नियमानुसार गर्ने’, अदालतको आदेशमा भनिएको छ ।

आदेशमा स्थानीय तहका पदाधिकारीको पदावधि कहिलेसम्म रहने भन्नेबारे संविधान र कानूनमा रहेका प्रावधानको व्याख्या गरी निरुपण गर्नुपर्ने प्रश्नहरु इजलासबाट सुनुवाई भई निरुपण हुनु नै मनासिव हुने ठहर पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

प्रधानमन्त्री पशुपति दर्शनमा

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको मन्दिर दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा उनी शनिबार अपराह्न पशुपतिनाथ मन्दिर पुगेका हुन् ।

नेता वा कार्यकर्ताले पार्टीको विचार र उम्मेदवारको पक्षमा प्रचार गर्न नपाउने, नेताका पोष्ट सेयर गर्न पनि नपाउने

काठमाडौं । राजनीतिक पार्टीका शुभचिन्तक, नेता तथा कार्यकर्ताले अब सामाजिक सञ्जालमा आफ्नो पार्टी वा उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले...