मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

एमसीसी विरुद्धमा प्रदर्शन गर्ने र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी

काठमाडौं । संसद् बैठक बस्न लाग्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको छ ।

प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्न अगाडि बढेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउने क्रममा घम्साघम्सी भएको हो ।

प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, एमसीसी चाहिँदैन लगायत नारा लगाएका छन् । प्रदर्शनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा, राप्रपा, नेकपा–क्रान्तिकारी माओवादीलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता उत्रिएका छन् ।-

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

महावीर पुन सरकारबीच सात बुँदे सहमति

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सात बुँदे सहमति भएको छ। केन्द्रका अध्यक्ष पुन र सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको...

नेता वा कार्यकर्ताले पार्टीको विचार र उम्मेदवारको पक्षमा प्रचार गर्न नपाउने, नेताका पोष्ट सेयर गर्न पनि नपाउने

काठमाडौं । राजनीतिक पार्टीका शुभचिन्तक, नेता तथा कार्यकर्ताले अब सामाजिक सञ्जालमा आफ्नो पार्टी वा उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...