बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

जबर्जस्ती एमसीसी पारित गर्ने प्रयास नगर्न खनालको चेतावनी

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहोर्याए ।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो सम्झौतामा गम्भिर खालका राष्ट्रिय हित विपरितका कुराहरु रहेको उल्लेख गर्दै त्यसलाई बल प्रयोग गरेर पास गर्छु भन्न नमिल्ने तर्क समेत गरे । सम्मानित नेता खनालले यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नदिन संसद, सडक र सरकार सबै ठाउँबाट आफ्नो पार्टीले विरोध गर्ने पनि स्पष्ट पारे ।

उनले भने, ‘नेपालको हितलाई सर्वोपरि राखेर यो यो सम्झौता सुरुमै भएन । नेपाली जनतालाई थाहा नै नदिईकन, राम्ररी अध्ययन नै नगरीकन, के गर्दा राष्ट्रको हित हुन्छ भन्ने कुरा बुझ्दा पनि नबुझिकन र त्यसका दस्तावेजहरु राम्रोसँग अध्ययन समेत नगरीकन नेपाली जनतालाई गुमराहमा राखेर यो सम्झौता गरिएको हो । यो सम्झौता भित्र गम्भिर र गम्भिरतम राष्ट्रिय हित विपरितका कुराहरु छन । त्यो कुरा नसच्चिकन र ती कुराहरुमा सुधार नभइकन एमसीसी पास हुन सक्दैन । कतिपय कुराहरु मिल्दैनन् । त्यसमा जबर्जस्ती ठेल्न मिल्दैन । असहमतिको विषयमा बल प्रयोग गरेर हुन्छ ? धाक धम्की दिएर हुन्छ ? हुँदैन । यसको विरोध सरकारमा पनि हुन्छ । सडकमा पनि हुन्छ र सदनमा पनि हुन्छ ।’

सम्मानित नेता खनालले सरकारमा रहेर पनि सरकारले ल्याएका गलत कुराको विरोध गर्न पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

डोटीमा जीप दुर्घटना हुँदा ५ जना घाइते

धनगढी । डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् । जोरायल गाउँपालिका-२ को रुवसकाँडामा डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

मंसिरमा तीनै तहको निर्वाचन एकैपटक गर्ने सत्ता गठबन्धनको निष्कर्ष

काठमाण्डौं । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वर्ष निर्वाचन हुने भएकाले पूर्वतयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिए लगत्तै बसेको सत्ता गठबन्धनले तीनै...