बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

देउवाले गरे रावलको आलोचना

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्दा नेकपा एमालेका नेता भीम रावल चर्को स्वरले बोलेको भन्दै कडाटिप्पणी गरेका छन् ।

आज नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उदघाटनमा पुगेका देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलेविगतमा पेस गरेको प्रस्ताव नै पास भएको जिकिर गर्दै त्यतिबेलाका रक्षामन्त्री रावलले ‘किन राजीनामा नदिएको’ भनी प्रश्न गरे ।

केपी ओलीले पेश गरेको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो देउवाले कडा शब्दमा भने,‘किन दिमाग फुस्किएको थियो ’ रक्षामन्त्री हुँदा एमसीसीबारे थाहा थियो कि थिएन भनी रावललाई प्रश्न गरे । रावलले एमसीसीको विरोध गर्नु औचित्यहीन र नैतिकतालेपनि नदिने बताए । पदमा बसेको बेलामा चुप लाग्ने र अहिले चर्को कुरा गरिरहेको भन्दै रावलको आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

डेढ करोड कमिसनका लागि तीन जनाको हत्या

तीन जनाको हत्या आरोपमा पक्राउ परेका अनिलकुमार मण्डलले हत्या जग्गा किनबेच गर्दा आउने कमिसनका कारण भएको प्रारम्भिकबयान दिएका छन् । अपराध महाशाखा काठमाडौं र...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

सुवेदी जापानका लागि राजदूत नियुक्त

काठमाडौँ — दुर्गाबहादुर सुवेदी जापानका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल...