बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

रुस-जापानका विवादित द्विपहरुमा रुसले युद्ध अभ्यास गर्ने

काठमाडौं।युक्रेनमा रुसको आक्रमणका कारण रुसमाथि जापानले प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धबाट आक्रोशित रुसले जापान रआफूबीच दोस्रो विश्वयुद्धको समयदेखि नै विवादित रहँदै आएको द्विपमा युद्ध अभ्यास सुरु गर्ने धम्की दिएको छ । रुसले यो घोषणाजापानसँग आफ्नो शान्ति वार्ताबाट पछि हटेको केही दिनपछि गरेको हो ।

रुस र जापानबीच ४ द्विपहरुका विषयमा विवाद छ । यी द्विपहरुलाई रुसले दक्षिणी कुरिल्स भन्छ र जापानले उत्तरी टेरिटोरी भन्छ । यीदुई देशबीचको यो विवाद करिब ७० वर्ष पुरानो हो । यही विवादका कारण रुस र जापानले अहिलेसम्म दोस्रो विश्वयुद्ध अन्त्य गर्नकोलागि भएको एक शान्ति सम्झौतामा हस्ताक्षर गरेका छैनन् ।

यो हप्ताको सुरुवातमा रुसले जापानसँग यो सम्झौताको विषयमा भइरहेको शान्ति वार्ताबाट आफू अलग भएको घोषणा गरेको थियो ।रुसका अनुसार युक्रेनमा रुसको कारवाहीपछि टोक्योको कडा प्रतिक्रियाका कारण यो निर्णय गरिएको हो ।

रुसको इस्टर्न मिलिट्री डिस्ट्रिक्टले ३ हजार भन्दा धेरै सैनिक र सैन्य उपकरणको साथमा यी द्विपमा सैन्य अभ्यास गर्ने घोषणा गरेको छ ।यसअघि शान्ति वार्ताबाट अलग भएको र विवादित द्विपहरुमा संयुक्त आर्थिक परियोजना रोकेको भन्दै जापानले रुसको आलोचनागरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

अलकायदाका प्रमुख अल-जवाहिरी ड्रोन हमलामा मारिए

काठमाडौँ — अलकायदाका प्रमुख अल-जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । आइतबार गरेको ड्रोन हमलामाअलकायदाका नेता ७१ वर्षीय जवाहिरीको मृत्यु भएको अमेरिकाले पुष्टि गरेको छ...

नेपालले अमेरिका संग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय...