शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

भारतमा देउवाले राखे सीमा विवादको मुद्दा

काठमाडौँ — भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले नेपाल र भारतका प्रधानमन्त्रीहरुबीच सीमा र सुरक्षाको विषयमा स‌ंक्षिप्त चर्चाभएको बताएका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बारेमा जानकारी दिन मन्त्रालयमा शनिबार आयोजित विशेषपत्रकार सम्मेलनमा विदेश सचिव श्रृंगलाले सीमाको विषयमा राजनीतिकरण गरिनु नहुने बताए ।

सुरक्षा र सीमाको विषयमा कुरा छ, प्रधानमन्त्री देउवाले त्यस विषयमा प्रेस स्टेटमेन्टमा कुरा भन्नु भएको थियो । यो विषयमा पनि संक्षिप्तरुपमा चर्चा भएको छ,’ श्रृंगलाले भने, ‘सामान्य बुझाइ के हो भने दुवै पक्षले यसलाई जिम्मेवारीपूर्ण ढंगले यस विषयमा छलफलहरु हाम्रोनिकट र मित्रवत सम्बन्धको हुनुपर्छ । यसलाई राजनीतिक विषय बनाउने कामबाट बच्नु पर्छ । सुरक्षा वा सीमाको विषयमा स‌‌ंक्षिप्तमाछलफल भयो । यसलाई संवादको माध्यमबाट समाधान गर्नुपर्छ ।’

श्रृंगलाका अनुसार प्रधानमन्त्री देउवाको भ्रमण निकै राम्रो दिशामा गएको छ । ‘जति विषयहरु आएका छन् जुन सकारात्मक रचनात्मकएजेन्डामा रहेका छन् । यो हामीले सूचना दिएका छौं । त्यसैगरी उर्जाको बारेमा जुन सहकार्य छ त्यसको विषयमा पनि सूचना दिनेछौं,’ उनले भने ‘यति धेरै विषयहरु कभर भएको छ । दुवै देशका जनताको फाइदाका लागि धेरै विषयहरु रहेका छन् । यसमा धेरै लाभ प्राप्तहुन्छ ।’

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार बिहान भेटवार्ता भएको थियो । देउवा तीन दिने भ्रमणका लागि शुक्रबारनयाँदिल्ली पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

सुदुरपश्चिम एमाले सचेतकमा भट्ट चयन

११ माघ, धनगढी । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

नेपालगन्जमा रेडपाण्डाको छालासहित चार जना होटलबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो...