आइतवार, कार्तिक ९, २०८३

आइतवार, कार्तिक ९, २०८३

सलमानको भ्रमण मिलाउन नेपाल आइपुगे भाइ सोहेल खान

काठमाडौँ । बलिउड स्टार सलमान खानका भाइ सोहेल खान बुधबार नेपाल वायुसेवा निगमको उडानमा मुम्बईबाट काठमाडौं आइपुगेका छन् ।

सोहेल खान आगामी जेठ १४ मा दशरथ रंगशालामा हुने सलमानको ‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रमको तयारी लगायत विषयमा जानकारी लिन काठमाडौं आइपुगेको आयोजक ओडीसी इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङले बताए ।

‘बिहीबार दिउँसो १ बजे सोल्टी होटलमा हुने पत्रकार सम्मेलनमा सहभागी भएर सोहेल खान साँझ मुम्बई फर्किने छन,’ गुरुङले भने ।

कोरोना महामारीका कारण धराशायी भएको नेपालको पर्यटन क्षेत्र चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन सलमानसहित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवालगायत एक दर्जन भारतीय कलाकार काठमाडौं आउँदै छन् ।

सलमान काठमाडौं आएका बेला पर्वतीय उडानमा पनि जाने कार्यक्रम छ । नेपालमा हरेक वर्ष सर्वाधिक पर्यटक भारतबाट आउने भएकाले यो कार्यक्रमले घुम्न आउने भारतीयहरुको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

क्रिप्टोकरेन्सीको अनुसन्धानमा अभिनेत्री प्रियंका कार्की सीआईबीको नियन्त्रणमा

काठमाडौँ। अभिनेत्री प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ। डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा ब्यूरोले उनलाई अनुसन्धानको दायरामा ल्याएको हो। अनुसन्धान ब्यूरोले कार्कीलाई...