बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

सलमानको भ्रमण मिलाउन नेपाल आइपुगे भाइ सोहेल खान

काठमाडौँ । बलिउड स्टार सलमान खानका भाइ सोहेल खान बुधबार नेपाल वायुसेवा निगमको उडानमा मुम्बईबाट काठमाडौं आइपुगेका छन् ।

सोहेल खान आगामी जेठ १४ मा दशरथ रंगशालामा हुने सलमानको ‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रमको तयारी लगायत विषयमा जानकारी लिन काठमाडौं आइपुगेको आयोजक ओडीसी इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङले बताए ।

‘बिहीबार दिउँसो १ बजे सोल्टी होटलमा हुने पत्रकार सम्मेलनमा सहभागी भएर सोहेल खान साँझ मुम्बई फर्किने छन,’ गुरुङले भने ।

कोरोना महामारीका कारण धराशायी भएको नेपालको पर्यटन क्षेत्र चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन सलमानसहित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवालगायत एक दर्जन भारतीय कलाकार काठमाडौं आउँदै छन् ।

सलमान काठमाडौं आएका बेला पर्वतीय उडानमा पनि जाने कार्यक्रम छ । नेपालमा हरेक वर्ष सर्वाधिक पर्यटक भारतबाट आउने भएकाले यो कार्यक्रमले घुम्न आउने भारतीयहरुको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

को हुन सुमन थापा !

काठमाडौँ — सुमन थापा कसरी स्वप्न सुमन भए ? कसरी संगीतको स्वप्निल दुनियाँमा आइपुगे ? कसरी भजन गाउँदा–गाउँदै युवा मनको ढुकढुकी बने ? यसको फेहरिस्त लामो मात्र...

कतारी राजकुमारी कञ्चनजङ्घा शिखरमा

काठमाडौ, २७ बैशाख । कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो...

प्रमोद खरेलको गीतमा रोहित र एन्जिला

मोडलिङको क्षेत्रमा आफूलाई स्थापित गरेको नाम हो, रोहित बस्नेत । करिअरको छोटो अवधिमा सफल म्यूजिक भिडियोमा काम गरिसकेका उनको चकलेटी लुक्सको मोडलिङ क्षेत्रमा राम्रै...