शनिबार, माघ २५, २०८२

शनिबार, माघ २५, २०८२

प्रमोद खरेलको गीतमा रोहित र एन्जिला

मोडलिङको क्षेत्रमा आफूलाई स्थापित गरेको नाम हो, रोहित बस्नेत । करिअरको छोटो अवधिमा सफल म्यूजिक भिडियोमा काम गरिसकेका उनको चकलेटी लुक्सको मोडलिङ क्षेत्रमा राम्रै चर्चा हुने गरेको छ । म्यूजिक भिडियोबाट बटुलेको अनुभवलाई सर्टिफिकेट मानेर उनी चलचित्रमा समेत प्रवेश गर्ने तयारीमा छन् । उनै, रोहितले अभिनय गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको ‘चुपचाप मन पराएँ’ बोलको गीतमा रोहितले एन्जिला बानियाँसँग रोमान्स गरेका छन् । भिडियोमा उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । गाउँको एक घनाड्य परिवारको घरमा काम गर्ने कामदार (रोहित) र घर धनीकी छोरी (एन्जिला) बीचको प्रेमलाई गीतमा बुनिएको छ । फिल्मी शैलीमा तयार पारिएको गीतको भिडियो सुन्दर बनेको छ ।

प्रमोद भट्टराई ‘प्रतिक’को शब्द रचना रहेको गीतमा कृति न्यौपानेको संगीत छ । ओम प्रकाश अवस्थीको निर्देशन र कथा रहेको गीतको भिडियोलाई मेघराज मघरातीले खिचेका हुन् । मोडल रोहित बस्नेतले गीतको भिडियोमा बुनिएको कथा धेरै युगल जोडीको वास्तविक कथासँग मेल खाने बताए । उनी यो भिडियो आफ्नो करिअरका लागि कोशेढुंगा सावित हुनेमा विश्वस्त देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

सलमानको भ्रमण मिलाउन नेपाल आइपुगे भाइ सोहेल खान

काठमाडौँ । बलिउड स्टार सलमान खानका भाइ सोहेल खान बुधबार नेपाल वायुसेवा निगमको उडानमा मुम्बईबाट काठमाडौं आइपुगेका छन् । सोहेल खान आगामी जेठ १४ मा...

पशुपतिशमशेरजबराले गरे २२ पुसमा सर्वदलीय बैठक आह्वान

काठमाडौं । संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेरजबराले २२ पुसमा सर्वदलीय बैठक आह्वान गर्नुभएको हो...