सोमवार, अशोज १९, २०८३

सोमवार, अशोज १९, २०८३

क्रिस्टियानो रोनाल्डोका जुम्ल्याहामध्ये एक शिशुको निधन

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका नवजात एक शिशुको मृत्यु भएको छ। म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डोका नवजात जुम्ल्याहा शिशुमध्ये एकको मृत्यु भएको हो।

रोनाल्डोले सोमबार राति सामाजिक संजालमा आफ्नो शिशुको मृत्यु भएको जानकारी गराएका हुन्। नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको उनको पोस्टमा उल्लेख गरिएको छ।

रोनाल्डोका श्रीमती जार्जिना रोड्रिगेजले हालै जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन्। रोनाल्डोका यस अघि पनि जुम्ल्याहा सन्तान छन्।

रोनाल्डोले दुःखका साथ आफ्नो बच्चाको निधन भएको घोषणा गर्नु परेको उल्लेख गरेका छन्। उनको पोस्टमा यो सबैभन्दा ठूलो पीडा भएको र जुन कुनै पनि आमाबाबुले महसुस गर्नसक्ने भनेका छन्।

हेरचाहका लागि स्वास्थ्यकर्मीलाई धन्यवादसमेत दिएका छन्। यो धेरै कठिन समयमा गोपनीयताको लागि उनले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

राखेपको कार्यकारी अधिकार थापालाई

  काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक...

पिएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

काठमाडौँ । युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सहज जित निकालेको छ । चौथो स्थानको वेन्समाथि ४-० को जित निकाल्दै...

पुलिसलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप टी-२० च्याम्पियन

सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लबलाई...

आर्सनलद्वारा म्यान्चेष्टर युनाईटेड पराजित

एजेन्सी । इङ्लिश प्रिमियर लिगमा आर्सनलले म्यान्चेष्टर युनाईटेडमाथि शानदार जित निकालेको छ । बेलायतको एमिरेट्स स्टेडियममा शनिबार बेलुकी भएको खेलमा घरेलु टोलीले म्यान्चेष्टर युनाईटेडलाई ३–१...