मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

क्रिस्टियानो रोनाल्डोका जुम्ल्याहामध्ये एक शिशुको निधन

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका नवजात एक शिशुको मृत्यु भएको छ। म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डोका नवजात जुम्ल्याहा शिशुमध्ये एकको मृत्यु भएको हो।

रोनाल्डोले सोमबार राति सामाजिक संजालमा आफ्नो शिशुको मृत्यु भएको जानकारी गराएका हुन्। नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको उनको पोस्टमा उल्लेख गरिएको छ।

रोनाल्डोका श्रीमती जार्जिना रोड्रिगेजले हालै जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन्। रोनाल्डोका यस अघि पनि जुम्ल्याहा सन्तान छन्।

रोनाल्डोले दुःखका साथ आफ्नो बच्चाको निधन भएको घोषणा गर्नु परेको उल्लेख गरेका छन्। उनको पोस्टमा यो सबैभन्दा ठूलो पीडा भएको र जुन कुनै पनि आमाबाबुले महसुस गर्नसक्ने भनेका छन्।

हेरचाहका लागि स्वास्थ्यकर्मीलाई धन्यवादसमेत दिएका छन्। यो धेरै कठिन समयमा गोपनीयताको लागि उनले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगामा इल्चेमाथि चार-शून्यको सानदार जित हात पारेको छ । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई तथा अन्सु फाती र फेरान टोरेसले एक-एक गोल...

एसीसी प्रिमियर कपमा नेपालको शानदार जित

नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा सोमबार सुरु भएर मंगलबार टुङ्गिएको फाइनलमा यूएईविरुद्ध शानदार जित निकाल्यो। टस हारेर ब्याटिङ थालेको यूएईले ३३.१ ओभरमा सबै विकेट...

नेपालद्वारा जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित

काठमाडौँ । जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । काठमाडौँको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको...