शनिबार, माघ ११, २०८२

शनिबार, माघ ११, २०८२

आकाश श्रेष्ठ र पुजा श्रर्मा अभिनित स्वर्गकी अप्सरा

काठमाडौं । आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत म्युजिक भिडियो ‘स्वर्गकी अप्सरा’ सार्वजनिक भएको छ। स्वर्गकी अप्सरा बोलको मेलोडियस गीतमाथि आकाश र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएको म्युजिक भिडियो मंगलबार दिउँसो दिपीका म्युजिक युट्युबमार्पmत सार्वजनिक गरिएको हो।

नेपाली फिल्मको कोरियोग्राफीमा लामो समयदेखि एक छत्र राज गर्दै आएका कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित म्युजिक भिडियोमा आकाश र पूजा प्रेम जोडीका रुपमा प्रस्तुत भएका छन्। ठूलो पर्दाको फिल्मसँगसँगै म्युजिक भिडियोमा समेत रुचाईंदै आाएका आकाश र पूजाको केमेष्ट्री यो गीतको म्युजिक भिडियोमा निकै जमेको छ। उनीहरु गीतको भिडियोम रोमान्टिक मुडमा प्रस्तुत भएका छन्।

पछिल्लो समयमा कुशल म्युजिक भिडियो निर्देशकका रुपमा समेत छाउँदै आएका कविराजले भिडियोलाई फिल्मी शैलीले तयार पारेका छन्। फिल्मी गीतको भिडियोदेखि म्युजिक भिडियोसम्ममा सधैं आकर्षक लोकेशन पस्केर दर्शकलाई मोहित तुल्याँदै आएका कविराजले यसको भिडियोमा समेत त्यसलाई निरन्तरता दिएका छन्।

दीपक कंडेलद्वारा लिखित गीत सुगम पोखरेल र अञ्जु पन्तले गाएका छन् भने दीपक वसन्त कार्कीले संगीत भरेका छन्। प्रेममा रहँदा मायालु जोडीले एक अर्कालाई गर्ने माया तथा त्यस क्रममा गर्ने बयानका मिठा र रोमान्टिक शव्दले भरिएका गीत दीपीका म्युजिकद्वारा प्रस्तुत गरिएको हो। मिठासपूर्ण गीतमा संगीत संयोजन सुदीप सागरको रहेको छ। सौरभ लामाको छायांकन निर्देशन रहेको म्युजिक भिडियो अर्जुन जिसीले सम्पादन गरेका छन्।

भिडियोका नायक नायिका आकाश र पूजाले यो गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको तथा यसलाई लिएर आफुहरु उत्साहित भएको बताए। निर्देशक कविराज गहतराजले आकाश र पूजाको समय मिलाएर भिडियो निर्माण गर्न तीन महिना लामो समय प्रतीक्षा गरेको र अन्ततः प्रतीक्षाको फल मिठो निस्केको बताए। भिडियो गीतकार दीपक कंडेलेको निर्माणमा र प्रस्तुतिमा तयार पारिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपतिशमशेरजबराले गरे २२ पुसमा सर्वदलीय बैठक आह्वान

काठमाडौं । संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेरजबराले २२ पुसमा सर्वदलीय बैठक आह्वान गर्नुभएको हो...

नायिका केकीले गुपचुपमा विवाह गरेको खुलासा

काठमाडौँ । अभिनेत्री केकी अधिकारीले गुपचुप विवाह ग​रेकी छिन । आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन पछि नपर्ने कलाकारहरुको भिडमा केकी भने...

समिक्षा अधिकारी र नवराज घिमिरेको आवाजमा गैरी खेत बोलको तिज गित सार्वजनिक (भिडियो सहित)

महिलाहरुको महान चाड तीजलाई मध्यनजर गरि समिक्षा अधिकारी र नवराज घिमिरेको आवाजमा रहेको मौलिक तीज गीत (गैरी खेत) सार्वजनिक भएको छ । बन्दना पराजुली भुसालको...

लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार...