मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

आकाश श्रेष्ठ र पुजा श्रर्मा अभिनित स्वर्गकी अप्सरा

काठमाडौं । आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत म्युजिक भिडियो ‘स्वर्गकी अप्सरा’ सार्वजनिक भएको छ। स्वर्गकी अप्सरा बोलको मेलोडियस गीतमाथि आकाश र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएको म्युजिक भिडियो मंगलबार दिउँसो दिपीका म्युजिक युट्युबमार्पmत सार्वजनिक गरिएको हो।

नेपाली फिल्मको कोरियोग्राफीमा लामो समयदेखि एक छत्र राज गर्दै आएका कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित म्युजिक भिडियोमा आकाश र पूजा प्रेम जोडीका रुपमा प्रस्तुत भएका छन्। ठूलो पर्दाको फिल्मसँगसँगै म्युजिक भिडियोमा समेत रुचाईंदै आाएका आकाश र पूजाको केमेष्ट्री यो गीतको म्युजिक भिडियोमा निकै जमेको छ। उनीहरु गीतको भिडियोम रोमान्टिक मुडमा प्रस्तुत भएका छन्।

पछिल्लो समयमा कुशल म्युजिक भिडियो निर्देशकका रुपमा समेत छाउँदै आएका कविराजले भिडियोलाई फिल्मी शैलीले तयार पारेका छन्। फिल्मी गीतको भिडियोदेखि म्युजिक भिडियोसम्ममा सधैं आकर्षक लोकेशन पस्केर दर्शकलाई मोहित तुल्याँदै आएका कविराजले यसको भिडियोमा समेत त्यसलाई निरन्तरता दिएका छन्।

दीपक कंडेलद्वारा लिखित गीत सुगम पोखरेल र अञ्जु पन्तले गाएका छन् भने दीपक वसन्त कार्कीले संगीत भरेका छन्। प्रेममा रहँदा मायालु जोडीले एक अर्कालाई गर्ने माया तथा त्यस क्रममा गर्ने बयानका मिठा र रोमान्टिक शव्दले भरिएका गीत दीपीका म्युजिकद्वारा प्रस्तुत गरिएको हो। मिठासपूर्ण गीतमा संगीत संयोजन सुदीप सागरको रहेको छ। सौरभ लामाको छायांकन निर्देशन रहेको म्युजिक भिडियो अर्जुन जिसीले सम्पादन गरेका छन्।

भिडियोका नायक नायिका आकाश र पूजाले यो गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको तथा यसलाई लिएर आफुहरु उत्साहित भएको बताए। निर्देशक कविराज गहतराजले आकाश र पूजाको समय मिलाएर भिडियो निर्माण गर्न तीन महिना लामो समय प्रतीक्षा गरेको र अन्ततः प्रतीक्षाको फल मिठो निस्केको बताए। भिडियो गीतकार दीपक कंडेलेको निर्माणमा र प्रस्तुतिमा तयार पारिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

चलचित्र ‘चिसो मान्छे’ जुलाई १७ तारिख टोकियोमा प्रदर्शन हुने

जापान। चलचित्र ‘चिसो मान्छे’ जुलाई १७ तारिख टोकियोमा प्रदर्शन हुनेभएको छ । जापानमा कर्णाली प्रदेश समाज जापानले प्रदर्शन गर्न लागेको चिसो मान्छे मुलतः विदेशबाट रातो...

को हुन सुमन थापा !

काठमाडौँ — सुमन थापा कसरी स्वप्न सुमन भए ? कसरी संगीतको स्वप्निल दुनियाँमा आइपुगे ? कसरी भजन गाउँदा–गाउँदै युवा मनको ढुकढुकी बने ? यसको फेहरिस्त लामो मात्र...