सोमवार, असार १, २०८३

सोमवार, असार १, २०८३

भोट माग्न मतदातासँग औंठाछापसहित तमसुकपत्र नै दिइने

काठमाडौँ, ६ बैशाख । अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले नेपालकै इतिहासमा पहिलोपटक भोट माग्नलाई मतदातासँग घोषणापत्रको ठाउँमा तमसुकपत्र दिने निर्णय गरेको छ।

अहिलेसम्म जनताको भोटबाट जितेर जनप्रतिनिधि बनेकाहरुले सत्तामा पुगेपछि जनभावना अनुरुप काम नगरेको हुनाले उन्नत लोकतन्त्र पार्टीले मतदाताको हितमा काम नगरेको खण्डमा अदालतमा मुद्दा नै दायर गरेर हटाउन सकिने करारसहितको तमसुकपत्र आम नागरिकमा बाढ्ने ऐतिहासिक कामको शुरुवात गरेको हो।

पार्टीले आगामी स्थानीय तह चुनावलाई लक्षित गरी २१ बुँदे तमसुक जारी गरेको हो । तमसुकमा उल्लेख गरिएका काम निर्वाचित भएर पनि नगरेमा भोट फिर्ता लिई ५१ प्रतिशतबाट रिकल गर्न पनि भनिएको छ ।

चुनावमा मतदातालााई आकर्षित गर्न एक रुपैया पनि खर्च नगर्ने तमसुक पत्रमा उल्लेख छ । त्यस्तै पानी,स्वास्थ्य,शिक्षा र भूमिहिनलाई आवासको निर्देशिका बनाई निशुल्करुपमा उपलब्ध गराउने,सबै पालिकामा जंगली जनावरले बालीमा पु¥याउन सक्ने क्षती तत्कालै रोक्ने र रोक्न नसके सम्पूर्ण क्षति व्यहोर्ने उल्लखे गरिएको छ ।

त्यस्तै भ्यू टावर र स्वागतद्धारका लागि कुनै रकम विनियोजन नगर्ने,राजनितीक आधारमा दिएको चन्दा पुरस्कार रोक्ने र पालिकाले लगाएको दोहोरो तेहेरो कर रोक्ने पनि तमसुक पत्रमा उल्लेख गरिएको छ ।

हाल देशव्यापी भ्रमणको क्रममा पार्टीले पोखरा, हेटौडा, चितवन, निजगढ लगाएत क्षेत्रमा केन्द्रिय अध्यक्ष स्वागत नेपाल सहितको टोली नै पुगेर तमसुकपत्र मतदाताहरुलाई वितरण गरेको थियो। अधिवक्ता स्वागत नेपालले लामो समयदेखि राइट टु रिजेक्ट र राइट टु रिकलको व्यवस्था नेपालको राजनीतिमा हुनुपर्छ भन्दै बिभिन्न चरणमा आन्दोलनदेखि मुद्दा मामिला समेत गर्दै आएका

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि बिज्ञ समूहको सुझाव

काठमाडौँ — पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले सुझावसहितकोप्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनपछि आइतबार...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...