आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

सरकारले चीनलाई पठायो ७२५ विद्यार्थीको सूची

काठमाडौँ । सरकारले चीनमा अध्ययनका लागि फर्किन प्रतीक्षारत ७२५ जना नेपाली विद्यार्थीको सूची चीन पठाएको छ।

शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत् अध्ययनका लागि चीनका विभिन्न विश्वविद्यालयमा फर्किन चाहेका विद्यार्थीको सूची चीन सरकारलाई पठाएको हो।

शिक्षा मन्त्रालयका सचिव यादव कोइरालाले ७२५ जना विद्यार्थीको सूची परराष्ट्र मन्त्रालय मार्फत् चीनलाई पठाइसकिएको जानकारी दिए।

उनका अनुसार केही साताअघि चीन सरकारले तत्काल चीनमा अध्ययनका लागि फर्किन चाहेका विद्यार्थीको सूची सरकारसँग मागेको थियो। चीनले चरण—चरणमा गरी नेपाली विद्यार्थीलाई लैजाने तयारी गरेको छ।

‘चीनले पहिलो चरणमा कहिले विद्यार्थी फिर्ता लैजान सुरु गर्छ यकिन मिति भनिसकेको छैन। अब एक–दुई हप्ता लाग्ला कि?’ शिक्षा सचिव कोइरालाले भने। उनले अन्य मुलुकका विद्यार्थी पनि कोरोनाका कारण नेपालमा रोकिएको बताए। ‘तर अन्य मुलुकमा भन्दा चीन जान नपाउने विद्यार्थीको संख्या ठूलो छ,’ सचिव कोइरालाले भने।

शिक्षा मन्त्रालयले गत चैत अन्तिम साता एक सूचना निकालेर चीन लगायत देशका उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थी कोरोना महामारीका बेला नेपाल फर्किआएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीलाई निवेदनसहित आफ्नो विवरण पठाउन भनेको थियो।

यसैबीच, नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपाली विद्यार्थीलाई व्यवस्थित रुपमा चाँडै चीन फर्काउनबारे चीन र नेपालका परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको प्रतिक्रिया दिएकी छिन्।

‘चीनका विश्वविद्यालय नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छन्। उनीहरुलाई अनलाइनका माध्यमबाट पढाइरहेका छन्। साथै मनोवैज्ञानिक परामर्श पनि दिइरहेका छन्,’ नेपालस्थित चिनियाँ दूतावासले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा राजदूत होउले भनिन्।

चीन र नेपालबीचको हवाई उडान नियमित गर्न र नेपाली विद्यार्थीको चीन फिर्तीका सम्बन्धमा नेपालको चासोबारे चीन जानकार रहेको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...