शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

मेलम्चीको १७ करोड लिटर पानी आइतबारदेखि वितरण प्रणालीमा

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि काठमाडौंमा मेलम्चीको १७ करोड लिटर पानीको वितरण थाल्ने भएको छ । यो मेलम्चीबाट काठमाडौं आउने पानीको सम्पूर्ण परिमाण हो ।

११ वैशाखदेखि मीनभवनबाट काठमाडौंमा मेलम्चीको पानीको पुनः वितरण सुरु भएको थियो । पहिलो दिनबाट ५ करोड लिटर मेलम्चीको पानी प्रणालीमा आएको थियो, आजसम्म करिब दैनिक १४ करोड लिटर पानी प्रणालीमा आएको केयूकेएलका प्रवक्ता प्रकाश राईले बताए ।

१७ करोड लिटर पानीको वितरण सुरु भएपछि काठमाडौंमा दैनिक वितरण हुने पानीको परिमाण २७ करोड लिटर पुग्नेछ । क्रमैसँग विभिन्न वितरण केन्द्रबाट वितरण हुने पानीको मात्रा बढाउँदै लगिएको छ । मीनभवन, महाँकालचौर, खुमलटार, अनामनगर, बालाजु, महाराजगञ्ज लगायतका वितरण केन्द्रमार्फत अहिले मेलम्चीको पानी वितरण भइरहेको छ ।

प्रवक्ता राईका अनुसार आइतबारदेखि सबै क्षेत्रमा पनि मेलम्चीको पानीको वितरण सुरु हुनेछ । ‘आइतबारदेखि मेलम्ची खानेपानी विकास सिमितिले १७ करोड लिटर पानी नै प्रणालीमा पठाउने छ,’ उनी भन्छन्,’अब वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण हुन्छ ।’

नयाँ वितरण लाइनमार्फत पानी बाँड्न सुरु गरेपछि पनि ठाउँ-ठाउँमा थप लिकेजको समस्या देखिएको छ । समस्या समाधान गर्दै एक वर्षसम्म लगाएर नयाँ लाइनबाट पानी वितरण भइरहेको राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

सुदुरपश्चिम एमाले सचेतकमा भट्ट चयन

११ माघ, धनगढी । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...