शनिबार, कार्तिक ८, २०८३

शनिबार, कार्तिक ८, २०८३

कर्णाली प्रदेश समाज जापानद्वारा आयोजित ‘रारा गोल्डकप’ प्रतियोगिता सम्पन्न, उपाधि शिजुओका गाइजलाई

टोकियो । कर्णाली प्रदेश समाज जापानले आयोजना गरेको प्रथम ‘रारा गोल्डकप फुटसल प्रतियोगिता’को उपाधि शिजुओका गाइजले जितेको छ ।

आइतबार टोकियोको हाचिओजिस्थित फुटसल मैदान भएको प्रतियोगितामा लमजुङ फुटबल क्लबलाई पराजित गर्दै शोजौका गाइजले उपाधि जितेको हो ।प्रतियोगिताको औपचारिक कार्यक्रममा जापानका लागी कार्यवाहक नेपाली अम्बिका जोशी प्रमुख अतिथि रहेका थिए । उनले रेफ्रीलाई बल दिएर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

प्रतियोगितामा २२ नेपाली र २ भुटानी गरी २४ टिले भाग लिएको कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले जानकारी दिए । उनकाअनुसार पहिलो पटक आयोजना गरिएको प्रतियोगिता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

कर्णालीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथप्रतियोगिता आयोजना गरिएको हो । ‘प्रतियोगिताको मूल उद्देश्य कर्णाली क्षेत्रका प्राकृतिक साधन र स्रोतहरूको प्रचारप्रसार गर्नु थियो,’ अध्यक्ष शाहीले भने, ‘पर्यटन प्रवर्धन गर्ने हाम्रो लक्ष्य केही हदसम्म पूरा भएको मैले विश्वास लिएको छु ।’

प्रतियोगिताको विजेता शिजुओका गाइजले ३ लाख, ३ हजार ३३३ येनसहित मेडल र प्रमाणपत्र हात पाएको छ भने उपविजेता बनेको लमजुङ फुटबल क्लबले १ लाख ५५ हजार ५५५ येनसहित मेडल र प्रमाणपत्र हात पारेको छ ।

यस्तै उत्कृष्ट खेलाडी करण बोगटी घोषित भए भने, सर्वाधिक गोलकर्ता शकर श्रेष्ठ तथा उत्कृष्ट गोलरक्षक राजु तामाङ भए । उनीहरू तीनै जनालाई जनही ५ हजार येनसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कर्णाली जन्म थलोभई जापानलाई कर्म थलो बनाएका कर्णालीका युवाहरूको सामूहिक प्रयासमा प्रतियोगिता सफल भएको अध्यक्ष शाहीले बताए । विभिन्न व्यवधानका बाबजुद पनि प्रतियोगिता ऐतिहासिक रूपमा सफल भएको उनको भनाई छ । कर्णाली प्रदेश समाज जापान स्थापनाकालदेखि नै सामाजिक कार्यमा संलग्न हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

सुदुरपश्चिम एमाले सचेतकमा भट्ट चयन

११ माघ, धनगढी । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश...

नेपालगन्जमा रेडपाण्डाको छालासहित चार जना होटलबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...