बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

कर्णाली प्रदेश समाज जापानद्वारा आयोजित ‘रारा गोल्डकप’ प्रतियोगिता सम्पन्न, उपाधि शिजुओका गाइजलाई

टोकियो । कर्णाली प्रदेश समाज जापानले आयोजना गरेको प्रथम ‘रारा गोल्डकप फुटसल प्रतियोगिता’को उपाधि शिजुओका गाइजले जितेको छ ।

आइतबार टोकियोको हाचिओजिस्थित फुटसल मैदान भएको प्रतियोगितामा लमजुङ फुटबल क्लबलाई पराजित गर्दै शोजौका गाइजले उपाधि जितेको हो ।प्रतियोगिताको औपचारिक कार्यक्रममा जापानका लागी कार्यवाहक नेपाली अम्बिका जोशी प्रमुख अतिथि रहेका थिए । उनले रेफ्रीलाई बल दिएर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

प्रतियोगितामा २२ नेपाली र २ भुटानी गरी २४ टिले भाग लिएको कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले जानकारी दिए । उनकाअनुसार पहिलो पटक आयोजना गरिएको प्रतियोगिता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

कर्णालीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथप्रतियोगिता आयोजना गरिएको हो । ‘प्रतियोगिताको मूल उद्देश्य कर्णाली क्षेत्रका प्राकृतिक साधन र स्रोतहरूको प्रचारप्रसार गर्नु थियो,’ अध्यक्ष शाहीले भने, ‘पर्यटन प्रवर्धन गर्ने हाम्रो लक्ष्य केही हदसम्म पूरा भएको मैले विश्वास लिएको छु ।’

प्रतियोगिताको विजेता शिजुओका गाइजले ३ लाख, ३ हजार ३३३ येनसहित मेडल र प्रमाणपत्र हात पाएको छ भने उपविजेता बनेको लमजुङ फुटबल क्लबले १ लाख ५५ हजार ५५५ येनसहित मेडल र प्रमाणपत्र हात पारेको छ ।

यस्तै उत्कृष्ट खेलाडी करण बोगटी घोषित भए भने, सर्वाधिक गोलकर्ता शकर श्रेष्ठ तथा उत्कृष्ट गोलरक्षक राजु तामाङ भए । उनीहरू तीनै जनालाई जनही ५ हजार येनसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कर्णाली जन्म थलोभई जापानलाई कर्म थलो बनाएका कर्णालीका युवाहरूको सामूहिक प्रयासमा प्रतियोगिता सफल भएको अध्यक्ष शाहीले बताए । विभिन्न व्यवधानका बाबजुद पनि प्रतियोगिता ऐतिहासिक रूपमा सफल भएको उनको भनाई छ । कर्णाली प्रदेश समाज जापान स्थापनाकालदेखि नै सामाजिक कार्यमा संलग्न हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...