सोमवार, मंसिर १, २०८३

सोमवार, मंसिर १, २०८३

डोटीमा जीप दुर्घटना हुँदा ५ जना घाइते

धनगढी । डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् ।

जोरायल गाउँपालिका-२ को रुवसकाँडामा डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३०१-०२४च९१३८ नम्बरको जीप दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त खातीले दुर्घटनामा डडेल्धुराको अमरगढी नगरपालिका- ८ बस्ने ६ वर्षीय अंकित भण्डारी, १८ वर्षीय चित्रा ओझा, अमरगढी घर भई धनगढी- ५ बस्ने ३२ वर्षीय खगेश्वरी ओझा घाइते भएको जानकारी दिए ।

यस्तै, चालक अमरगढी नगरपालिका-७ बस्ने २४ वर्षीय मीनबहादुर ऐर र स्कारपीयोमा सवार कैलालीको गौरीगंगा नगरपालिका-२२ वर्षीय जीवन चौधरी पनि घाइते भएका छन् ।

घाइतेहरूको उद्धार गरेर उपचारका लागि धनगढीतर्फ पठाइएको छ । तीव्र गतिमा रहेको स्कारपीयोले रुवसकाँडाको घुम्तीमा मोड्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

स्कारपीयो सडकबाट करिब डेढ समय मिटर तल भिरमा खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एमालेका केन्द्रीय विभागहरुमा मनोनयन

काठमाडौं । नेकपा एमालेले केन्द्रीय निकाय र विभागहरू गठन र सदस्यहरूको मनोनयन गरेको छ ।  स्थायी कमिटीको सोमबार बसेको बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि...

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा गठबन्धन, शीर्ष नेताहरू छलफलमा

काठमाडौं। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ। मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका...

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १०...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...