बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

रुसले गर्यो हाइपरसोनिक मिसाइल परीक्षण

रुसको जलसेनाले शनिबार लामो दूरीमा मार हान्न सक्ने आधुनिक हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ।

पछिल्लो समय युक्रेनमाथि आक्रमण जारी राखेको अवस्थामा रुसले उक्त परीक्षण गरेको हो।

रुसको रक्षा मन्त्रालयले शनिबार बारेन्ट्स सागरमा जिर्कोन हाइपरसोनिक क्रुज मिसाइल परीक्षण गरिएको बताएको छ।

उक्त मिसाइलले करिब एक हजार किलोमिटर टाढा रहेको ह्वाइट सागरको लक्ष्यलाई प्रहार गरेको थियो। 

जिर्कोन रुसको परीक्षणमा रहेको आधुनिक मिसाइल हतियार हो। यो मिसाइल यस वर्षको अन्तिमसम्मा रुसी सेनाले सेवाको प्रयोगमाआउन सक्ने अनुमान छ। रुसको रक्षा मन्त्रालयले जिर्कोन मिसाइल परीक्षणको भिडिओ पनि सार्वजनिक गरेको छ। जसमा उक्तमिसाइल पानीजहाजबाट प्रक्षेपण गरिएको देख्न सकिन्छ। 

जिर्कोन हाइपरसोनिक मिसाइललाई विश्वको सबैभन्दा तीव्र गतिको ब्यालेस्टिकबाहेकको मिसाइल रहेको बताइएको छ। यसलाईअहिले प्रयोगमा रहेका मिसाइल प्रतिरोधी प्रणालीले रोक्न सक्दैन। 

एक साताअघि रुसका रक्षामन्त्री सर्गेई शोइगुले अमेरिकी सैन्य गठबन्धन नेटोमा सामेल हुन फिनल्याण्ड स्वीडेनले गरेको प्रस्तावकोजवाफमा रुसले आफ्नो पश्चिमी क्षेत्रमा नयाँ सैन्य एकाइ बनाउन गइरहेको बताएका थिए। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जिर्कोन मिसाइलको गति ध्वनिको गतिभन्दा नौगुणा धेरै रहने बताएका थिए। यो मिसाइलले रुसीसेनाले क्षमतामा पनि उल्लेख्य विस्तार हुने पुटिनको भनाइ छ। 

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...