शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

पूर्वप्रधानसेनापति रुकमांगद कटवालको मिर्गौला प्रत्यारोपण गरिदै

काठमाडौँ — दुवै मिर्गौलाले काम नगरेपछि नेपाली सेनाका पूर्वप्रधानसेनापति रुकमांगद कटवालको मिर्गौला प्रत्यारोपण गर्न लागिएकोछ ।

पूर्वसैनिक अधिकृतसमेत रहेका कटवालका छोरा शुभांगद कटवालका अनुसार मिर्गौला प्रत्यारोपणको लागि दाताको खोजी भइरहेकोछ । पूर्वसेनापति कटवाल हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा डायलासिस गरी ललितपुरको खुमलटारस्थित आफ्नै निवासमाआरामरत छन् ।

‘बुबाको चाहना नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने छ । त्यसका लागि दाताको खोजी भइरहेको छ,’ छोरा शुभांगदले भने । केही समयअघिमिर्गौलामा समस्या देखिएपछि उनको उपचारमा संलग्न चिकित्सकले कटवाललाई मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका हुन् । मिर्गौलाप्रत्यारोपण नभएसम्म उनले आवश्यकता अनुसार सातामा दुईदेखि तीनपटकसम्म पनि डायलासिस गराउनुपर्ने हुन्छ ।

२०६६ सालसम्म नेपाली सेनाका प्रधानसेनापति रहेका कटवाल त्यसयता विभिन्न सामाजिक गतिविधिमा व्यस्त थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

सुदुरपश्चिम एमाले सचेतकमा भट्ट चयन

११ माघ, धनगढी । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

नेपालगन्जमा रेडपाण्डाको छालासहित चार जना होटलबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो...