जापान। चलचित्र ‘चिसो मान्छे’ जुलाई १७ तारिख टोकियोमा प्रदर्शन हुनेभएको छ ।
जापानमा कर्णाली प्रदेश समाज जापानले प्रदर्शन गर्न लागेको चिसो मान्छे मुलतः विदेशबाट रातो बाकसमा आएको शव एउटा गाडीमालिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई प्रस्तुत गरिएको नेपालको यथार्थसंग मेल खाने चलचित्र हो ।
जुलाई १७ तारिख,टोकियोको नाकानो स्थित जेरो हलमा साँझ ६ बजे प्रदर्शन हुने यस चलचित्रले नेपालको कर्णाली प्रदेशकाजनजीवनलाई समेटने प्रयास गरेको छ ।
“ यो चलचित्र नेपाली जनजिवनलाई जस्ताको तस्तै देखाउने तथा कर्णाली क्षेत्रका नेपालीहरुको भोगाईलाई मौलिकरुपमा उतारिएकालेजापानमा हामीले प्रदर्शन गर्न लागेका हौँ “कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले भने ।
दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको छ । चलचित्रकोटिजरमा अभिनेत्री स्वस्तिमा कर्णालीको भेषभूषामा देखिएकी छिन् ।डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकोचलचित्रमा स्वस्तिमा र अर्पणसँगै देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पाअवस्थी, सृष्टि आचार्य, विकास खनाललगायतको पनि अभिनय रहेको छ । चलचित्रको कथा, पटकथा, संवाद तथा छायांकन निर्देशकखनाल स्वयंको हो । चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।