बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

मंगलबार पनि प्रचण्ड राजनीतिक भेटघाटमै ब्यस्त

पाँच दिने जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले आज जापानको सत्तारुढदल लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) का पूर्व महासचिव, एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निकाइँगभेटवार्ता गरेका छन्।

टोक्योस्थित सत्तारुढ दल(एलडिपी)को कार्यलयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहकाभ्रमणहरुदेखि स्थानीय नगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पूर्वधार लगायतको क्षेत्रमाजापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै लैजाने विषयमा छलफल केन्द्रित भएको बताइएको छ।

पूर्व महासचिव एव वरिष्ट नेता निक्केई संगको भेटले नेपाल र जापान विचको सम्बन्ध अझै प्रगाढ बनाएको अध्यक्ष प्रचण्डले बताएकाछन्। भेटमा नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, उपनियोग प्रमुख अम्बिका जोशी सहित एनआरएनए का पूर्व अध्यक्ष भवन भट्ट रजनप्रगतिशील मन्च जापानका अध्यक्ष भवानी पन्त सहभागि थिए। अध्यक्ष प्रचण्ड बुधबार नेपाल फर्कने कार्यक्रम छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

वैदेशिक सम्बन्धलाई सत्ताको सिढी नबनाउन राप्रपा अध्यक्षको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक सम्बन्धलाई सत्ताको सिँढी नबनाउन आग्रह गरेका छन् । एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा जारी सैद्धान्तिक छलफलमा भाग लिँदै लिङ्देनले...

अलकायदाका प्रमुख अल-जवाहिरी ड्रोन हमलामा मारिए

काठमाडौँ — अलकायदाका प्रमुख अल-जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । आइतबार गरेको ड्रोन हमलामाअलकायदाका नेता ७१ वर्षीय जवाहिरीको मृत्यु भएको अमेरिकाले पुष्टि गरेको छ...