आइतवार, साउन २४, २०८३

आइतवार, साउन २४, २०८३

मंगलबार पनि प्रचण्ड राजनीतिक भेटघाटमै ब्यस्त

पाँच दिने जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले आज जापानको सत्तारुढदल लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) का पूर्व महासचिव, एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निकाइँगभेटवार्ता गरेका छन्।

टोक्योस्थित सत्तारुढ दल(एलडिपी)को कार्यलयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहकाभ्रमणहरुदेखि स्थानीय नगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पूर्वधार लगायतको क्षेत्रमाजापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै लैजाने विषयमा छलफल केन्द्रित भएको बताइएको छ।

पूर्व महासचिव एव वरिष्ट नेता निक्केई संगको भेटले नेपाल जापान विचको सम्बन्ध अझै प्रगाढ बनाएको अध्यक्ष प्रचण्डले बताएकाछन्। भेटमा नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, उपनियोग प्रमुख अम्बिका जोशी सहित एनआरएनए का पूर्व अध्यक्ष भवन भट्ट जनप्रगतिशील मन्च जापानका अध्यक्ष भवानी पन्त सहभागि थिए। अध्यक्ष प्रचण्ड बुधबार नेपाल फर्कने कार्यक्रम छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन्

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन् बैशाख २७ , काठमाडौँ । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन...