शनिबार, कार्तिक ८, २०८३

शनिबार, कार्तिक ८, २०८३

चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने प्रचण्डको घोषणा

काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर ३ बाटनिर्वाचन लड्ने घोषणा गरेका छन् ।

पत्रकार महासंघ जापानको टोकियो शाखाले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन् ।

पत्रकारले कास्की वा चितवनमध्येबाट कुन ठाउँबाट निर्वाचन लड्दै हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा प्रचण्डले भने, ‘म चितवनबाटै लड्छु ।मैले एकदम प्रष्टसँग ४/५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन । अहिले चितवनबाटै चुनाव लड्छु । चितवनको पनि क्षेत्रनम्बर ३ बाट नै चुनाव चड्छु क्लियर हुनुहोला । बरु तपाइहरु जापानमा बस्ने साथीभाइहरुले पनि सहयोग गर्नुहोला भन्ने अपेक्षा छ ।किनकी मैले भनेको छु, म एउटा राष्ट्रिय लिडरको हैसियतले देशभरीको विकास र देशभरीको समृद्धि नै सोच्छु मैले । देशको केन्द्रविन्दुमाभएको र विकासको तीव्र गतिमा अगाडि जाने सम्भावना भएको हुनाले देशैभरीलाई एउटा सन्देश जाओस् भनेर पनि मैले चितवनलाईमहत्व दिइराखेकै छु ।’

अध्यक्ष प्रचण्डले देशका विभिन्न ठाउँबाट आफूलाई निर्वाचन लड्नका लागि अनुरोध आएको बताए । उनले भने, ‘मलाई चुनाव लड्नुपर्योभनेर रुकुमका साथीहरुले गोरखाका साथीहरुले, धनुषाका साथीहरुले, सिरहाका साथीहरुले, कालिकोटका साथीहरुले धेरैलेभन्नुभएको छ । भित्रैदेखि भन्नुभएको छ । साथीहरुलाई के परेको छ भन्दाखेरी प्रचण्ड आइदिएखेरि जिल्लाको विकास अलिकतिव्यापक रुपले हुन्थ्यो । पहिचान हुन्थ्यो जिल्लाको भन्ने लागेको छ । तर मैले सबै साथीहरुलाई धन्यवाद भन्दै म चाही यो पटकचितवनबाटै लड्छु भनेको छु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

सुदुरपश्चिम एमाले सचेतकमा भट्ट चयन

११ माघ, धनगढी । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश...

नेपालगन्जमा रेडपाण्डाको छालासहित चार जना होटलबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...