बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

संयुक्त राष्ट्रसंघीय महासचिवको पाकिस्तानलाई सहयोग गर्न आग्रह

कराँची । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । पाकिस्तानमा हालैको वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएकाले पाकिस्तानका लागि सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय महासचिव गुटरेसले विश्व समुदायलाई आग्रह गर्नुभएको हो ।

उहाँले पाकिस्तानको सहयोगका लागि आवश्यक पर्नेगरी एक दाता सम्मेलनको तयारीमा संयुक्त राष्ट्रसंघ लागेको बताउनुभयो । उहाँले भारी वर्षा र बाढीका कारण पाकिस्तानमा पुगेको क्षतिको मापन गरिएको र पाकिस्तानमा पुननिर्माण र यहाँका पीडितहरूको पुनःस्थापनाका लागि दाताहरूको एक सम्मेलनको आयोजना गरिने जानकारी पनि दिनुभयो ।

उहाँले शुक्रबार संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो । पाकिस्तानको सहयोगका लागि उहाँले संयुक्त राष्ट्रसंघीय महासभामा एक प्रस्ताव पनि प्रस्तुत गरेको बताइएको छ । सो प्रस्तावलाई महासभाले पारित गरेको छ । सो प्रस्तावमा विश्वका विभिन्न देश तथा दाताहरूलाई पाकिस्तानको सहयोगका लागि अपिल गरिएको छ । यस वर्षको मनसुनले पाकिस्तानमा ठूलो क्षति पुर्‍याएको छ । यहाँ सो मनसुनी वर्षाले एक हजार सात सय जनाभन्दा बढीको ज्यान गएको छ भने अरू हजारौँ व्यक्ति घाइते भएका छन्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पाकिस्तानका एक पत्रकारको गोली हानी हत्या

पाकिस्तानका एक टेलिभिजन पत्रकारको सोमबार प्रेस क्लब बाहिर गोली हानी हत्या गरिएको छ ।  स्थानीय पत्रकार समूहलेआक्रमणलाई प्रेस स्वतन्त्रतामा खतरा भएको बताएको छ । स्थानीय...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १०...

युक्रेनमा रूसी सैनिक मारिएको पुष्टि

रुसले पहिलोपटक युक्रेनमा आफ्ना सैनिकहरू मारिएको स्वीकार गरेको छ तर कति सैनिक मारिए भन्ने खुलाएको छैन । रुसी सैनिकहरूले विशेष सैन्य कारबाहीमा युद्ध कार्य पूरा...