शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

होन्डा जेट एलिट २ को नयामोडल सार्वजनिक

टोकियो। होन्डा मोटर कर्पोरेसनले आफ्नो लोकप्रिय साना व्यवसायिक विमान होन्डा जेट एलिट २ (HondaJet Elite II ) को नयाँमोडल सार्वजनिक गर्ने भएको छ ।

यो नयाँ होन्डा जेटमा लामो उडान र स्वचालित अवतरण प्रणाली जडान गरिने बताईएको छ। होन्डाको जेट निर्माण इकाई, होन्डाएयरक्राफ्ट कम्पनीका अनुसार, ६.९५ मिलियन डलर मूल्यको नयाँ मोडेलले २,८६५ किलोमिटर यात्रा गर्न सक्छ ।

जुन हाल रहेका मोडेलहरू भन्दा २०४ किलोमिटर लामो छ ।यसले गति नियन्त्रण गर्न मद्दतको लागि आफ्नो पखेटामा सुधार गर्ने ग्राउन्डस्पोइलर उपकरणहरू पनि थपेको छ ।

होन्डाजेट एलिट २ ले एक पटक फेरि प्रदर्शन, आराम र शैलीको सबै मोर्चाहरूमा आफ्नो श्रेणीको सीमाहरू पार गर्नेछ,” होन्डाएयरक्राफ्टका सीईओ हिदेतो यामासाकीले एक विज्ञप्तिमा भने। कम्पनीले अमेरिकी उड्डयन प्राधिकरणबाट उडान सञ्चालनका लागिप्रमाणपत्र प्राप्त गरेपछि नोभेम्बरदेखि ग्राहकलाई विमान उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

होन्डा एयरक्राफ्टका अनुसार नयाँ स्वचालन प्रविधिहरू, जस्तै आपतकालीन अटो–ल्यान्डिङ, पनि अर्को वर्षको अन्त्यसम्ममा नयाँमोडलमा ल्याइनेछ। कार्यहरू विमानमा पुन: फिट गर्न सकिन्छ, कम्पनीले भन्यो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...