सोमवार, बैशाख २९, २०८२

सोमवार, बैशाख २९, २०८२

राष्ट्रपतिद्वारा दलहरूलाइ नया सरकार गठनका लागि आव्हान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् ।

सत्ता साझेदार नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासहित लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू एक र बहुपक्षीय छलफलमा हुनुहुन्छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले परामर्श तीव्र पार्नुभएको छ । त्यसैगरी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि विभिन्न दलका नेताहरूसँग भेट र परामर्श गरिरहनुभएको छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि उहाँ परामर्शमा हुनुहुन्छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भन्नुभयो, ‘निर्वाचन आयोगले राष्ट्रपतिज्यूसमक्ष बिहीबार प्रतिनिधि सभाको विवरण बुझाएपछि आवश्यक गृहकार्य सुरु भएको छ । उहाँ परामर्श गर्दै हुनुहुन्छ । शनिबार बिदा, त्यसैले कार्यालय खुलेको दिन राष्ट्रपतिज्यूबाट सरकार गठनका लागि आह्वान हुनसक्छ ।’

प्रमुख स्वकीय सचिव अधिकारीले प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दललाई बहुमत पु(याउन आह्वान गर्नुहुने सम्भावना रहेको बताउनुभयो । यसको तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेपछि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

शिक्षामन्त्रीको उपस्थितिमा शान्ति शिक्षा मन्दिरको अत्याधुनिक भवन हस्तान्तरण

काठमाडौं । काठमाडौंको मुटु ठहिटीस्थित शान्ति शिक्षा मन्दिर माविको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कम्पनीले भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण...

सरकार र मेडिकल सञ्चालकबीच पाँच बुँदे सहमति

काठमाडौँ । सरकार र मेडिकल कलेज सञ्चालकबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । एमबीबीएस लगायतका स्नातक तहमा अध्ययनरत विद्यार्थीले सुनील शर्माको केएमसी र...