बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता सोमबार गर्ने

टोकियो/ जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता सोमबार गर्ने तयारी गरेको छ । ‘जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले एच–थ्री रकेटको उद्घाटन उडान सोमबारदेखि शुक्रबारसम्म हुन सक्ने जनाएको छ ।

दक्षिणपश्चिम जापानको कागोशिमा प्रिफेक्चरमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रको प्रक्षेपण स्थलबाट रकेट प्रक्षेपण गर्ने योजना रहेको जाक्साले जनाएको छ ।

जापानको अघिल्लो मुख्य प्रक्षेपण यान एच–२–ए रकेटबाट विकशित एच–३ रकेटको प्रक्षेपण प्रणालीमा गडबडी र खराब मौसमका कारण धेरै पटक ढिलाइ भएको छ ।

फेब्रुअरी १७ मा जाक्साले एयरफ्रेमको ब्याट्रीबाट यसको मुख्य इन्जिनको कन्ट्रोल युनिटमा केही सेकेन्डका लागि विद्युतीय करेन्ट काटिएपछि प्रक्षेपण रद्द गरेको बताएको थियो ।

जाक्सा र मित्सुबिसी हेभी इन्डस्ट्रिजले सन् २०१४ मा संयुक्तरुपमा विकास गरेको रकेटको लागत २०० अर्ब येन (करिब १.४६ अर्ब अमेरिकी डलर) रहेको छ ।

दाइची–३ भूउपग्रहलाई विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउन प्रयोग गरिने बताइएको छ । नयाँ रकेटले आफ्नो पूर्ववर्ती रकेटको तुलनामा लगभग ३० प्रतिशत बढी भारी बोक्न सक्ने बताइएको छ । प्रक्षेपणको लागत ५० प्रतिशत कम हुने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

जापानमा उतर कोरियाको ब्यालेष्टिक मिसाइल प्रक्षेपण

जापान। उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा...

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक...