शुक्रबार, साउन १, २०८३

शुक्रबार, साउन १, २०८३

रवि लामिछाने भारी मतले विजयी

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका छन् । उनी ५४ हजार १७६ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो ।

गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । तर नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचनका गराएको हो । अघिल्लो निर्वाचनमा भन्दा कम मत खसे पनि लामिछानेले मत र मतान्तर बढी आएको हो । पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले भने पहिलेभन्दा ४ हजार ९१२ मत बढाएका छन् ।

कांग्रेस र एमालेले भने पहिलेकै मत समेत जोगाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १०...