मङ्लबार, साउन १२, २०८३

मङ्लबार, साउन १२, २०८३

जालो बुन्यो सार्वजनिक

मोडलद्धय प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा विगत केही समयदेखि मिडियासँगको सम्बन्धको प्रश्नले घेरिन थालेका छन् । तर, संचारकर्मीको प्रश्नमा उनीहरुले बारम्बार दिने विवादस्पद अभिव्यक्तिले उनीहरुलाई छाडेको छैन । शुक्रबार काठमाडौंमा आयोजना भएको ‘जालो बुन्यो’ बोलको गीत रिलिज कार्यक्रममा गीतकोे भन्दा यी दुइकोे व्यक्तिगत बिषयकोे चर्चा बढी भयो ।

मोडलिङमा आएको सुरुवाती दिनदेखि नै केही मिडियालाई मात्र छानेर अन्तरवार्तामा रमाउँदै आएका यी जुम्ल्याहा दिदीबहिनीलाई मिडियाकर्मीले प्रश्न वर्षाए ।

तपाईहरु मिडिया छानेर अन्तरवार्ता दिनुहुन्छ होे भन्ने प्रश्नमा प्रिज्माले भनिन्–‘हामीले सुरुवातदेखि नै यो प्रश्नकोे जवाफ दिदै आएका छौ । हामीलाई जहाँ सहज हुन्छ, जहाँ विवादस्पद प्रश्न गरिदैन, जहाँ केही गल्ती बोलिहालियो भने पनि पछि काटिदिनु है भन्दा मान्नुहुन्छ उहाँहरुलाई मात्र हामीले अन्तरवार्ताका लागि समय दिने गरेका छौ ।’

यसअघि सागर लम्सालसँग प्रेम र ब्रेकअपकोे खबर सार्वजनिक हुँदा पनि उनीहरुले मिडियाले नै यो समाचार उचालेको आरोप लगाएका थिए । । तर, म्युजिक भिडियोे दुनियाँका अधिकांश व्यक्तिहरु सागर र प्रिज्माको प्रेम सम्बन्धको खबरको बिषयमा जानकार नै छन् । ।

पत्रकार सम्मेलनमा सागरसँग अलग भएपछि तपाइहरुको गीत चल्न थालेको हो भन्ने प्रश्न समेत उठेको थियोे । यस्तै, बिषयले यी दुइले अभिनय गरेकोे गीतको चर्चा भने पुरै छायाँमा पर्यो ।

सुजाता केसी र विपिन घिमिरेकोे स्वर रहेकोे यो गीतमा विपिनकै संगीत, शिव अधिकारीको शब्द छ ।

भिडियोमा रामजी लामिछानेको निर्देशन छ । विकास ज्ञवालीकोे सम्पादन रहेको भिडियोलाई मानकृष्ण महर्जनले खिचेका हु । भिडियोमा प्रिज्मा र प्रिन्सीसँगै अमर र अमृत दाहालको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

समिक्षा अधिकारी र नवराज घिमिरेको आवाजमा गैरी खेत बोलको तिज गित सार्वजनिक (भिडियो सहित)

महिलाहरुको महान चाड तीजलाई मध्यनजर गरि समिक्षा अधिकारी र नवराज घिमिरेको आवाजमा रहेको मौलिक तीज गीत (गैरी खेत) सार्वजनिक भएको छ । बन्दना पराजुली भुसालको...

चलचित्र ‘चिसो मान्छे’ जुलाई १७ तारिख टोकियोमा प्रदर्शन हुने

जापान। चलचित्र ‘चिसो मान्छे’ जुलाई १७ तारिख टोकियोमा प्रदर्शन हुनेभएको छ । जापानमा कर्णाली प्रदेश समाज जापानले प्रदर्शन गर्न लागेको चिसो मान्छे मुलतः विदेशबाट रातो...