आइतवार, साउन १०, २०८३

आइतवार, साउन १०, २०८३

सेयर बजारमा हरियाली

सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यसदिन नेप्से ५३.३० अंकले वृद्धि भएर २७ सय५४.२८ विन्दुमा बन्द भएको हो।

यस्तै सेन्सेटिभ इण्डेक्स पनि दोहोरो अंकले बढेको छ। सेन्सेटिभ इण्डेक्स १०.८३ अंकले बढेर ५२२.१३ पुगेको छ। यसदिन २२४कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँमा खरिदबिक्री भयो। 

यसदिन कारोबारमा आएका १३ वटै समूहको सूचक बढेको छ। जलविद्युत समूहको सूचक सर्वाचिक .३२ प्रतिशतले बढेको छ।  यस्तैअन्य समूहको सूचक .३८ प्रतिशतले बढ्दा वित्तको .८५, लघुवित्तको .८२, लगानीको .४९,विकास बैंकको .७१ प्रतिशतले सेयरमूल्य बढेको हो।

यस्तै निर्जीव विमाको .४९, जीवन विमाको .२५, व्यापारको .३५ होटल तथा पर्यटनको .६३ प्रतिशतले मूल्य बढेको छ। यसदिनएउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो।तेह्रथुम पावर कम्पनीको .७० प्रतिशत हिमालय उर्जा विकास कम्पनीको .७५ प्रतिशतले सेयर मूल्य बढेको हो।

यसदिन कारोबार रकमका आधारमा हिमालयन डिस्टिलेरी अग्रस्थानमा रह्यो। सो कम्पनीको २२ करोड ७७ लाख बढी मूल्यमा सेयरखरिदबिक्री भयो। यस्तै नेसनल हाइड्रो पावरको १८ करोड बढीको सेयर कारोबार गर्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...