सोमवार, साउन २५, २०८३

सोमवार, साउन २५, २०८३

एमसीसी विरुद्धमा प्रदर्शन गर्ने र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी

काठमाडौं । संसद् बैठक बस्न लाग्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको छ ।

प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्न अगाडि बढेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउने क्रममा घम्साघम्सी भएको हो ।

प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, एमसीसी चाहिँदैन लगायत नारा लगाएका छन् । प्रदर्शनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा, राप्रपा, नेकपा–क्रान्तिकारी माओवादीलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता उत्रिएका छन् ।-

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

अख्तियारले दायर गर्यो मृत्यु भइसकेका व्यक्तिसहित तीनविरुद्ध १ करोड ३५ लाखको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...