सोमवार, कार्तिक १०, २०८३

सोमवार, कार्तिक १०, २०८३

आकाश श्रेष्ठ र पुजा श्रर्मा अभिनित स्वर्गकी अप्सरा

काठमाडौं । आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत म्युजिक भिडियो ‘स्वर्गकी अप्सरा’ सार्वजनिक भएको छ। स्वर्गकी अप्सरा बोलको मेलोडियस गीतमाथि आकाश र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएको म्युजिक भिडियो मंगलबार दिउँसो दिपीका म्युजिक युट्युबमार्पmत सार्वजनिक गरिएको हो।

नेपाली फिल्मको कोरियोग्राफीमा लामो समयदेखि एक छत्र राज गर्दै आएका कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित म्युजिक भिडियोमा आकाश र पूजा प्रेम जोडीका रुपमा प्रस्तुत भएका छन्। ठूलो पर्दाको फिल्मसँगसँगै म्युजिक भिडियोमा समेत रुचाईंदै आाएका आकाश र पूजाको केमेष्ट्री यो गीतको म्युजिक भिडियोमा निकै जमेको छ। उनीहरु गीतको भिडियोम रोमान्टिक मुडमा प्रस्तुत भएका छन्।

पछिल्लो समयमा कुशल म्युजिक भिडियो निर्देशकका रुपमा समेत छाउँदै आएका कविराजले भिडियोलाई फिल्मी शैलीले तयार पारेका छन्। फिल्मी गीतको भिडियोदेखि म्युजिक भिडियोसम्ममा सधैं आकर्षक लोकेशन पस्केर दर्शकलाई मोहित तुल्याँदै आएका कविराजले यसको भिडियोमा समेत त्यसलाई निरन्तरता दिएका छन्।

दीपक कंडेलद्वारा लिखित गीत सुगम पोखरेल र अञ्जु पन्तले गाएका छन् भने दीपक वसन्त कार्कीले संगीत भरेका छन्। प्रेममा रहँदा मायालु जोडीले एक अर्कालाई गर्ने माया तथा त्यस क्रममा गर्ने बयानका मिठा र रोमान्टिक शव्दले भरिएका गीत दीपीका म्युजिकद्वारा प्रस्तुत गरिएको हो। मिठासपूर्ण गीतमा संगीत संयोजन सुदीप सागरको रहेको छ। सौरभ लामाको छायांकन निर्देशन रहेको म्युजिक भिडियो अर्जुन जिसीले सम्पादन गरेका छन्।

भिडियोका नायक नायिका आकाश र पूजाले यो गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको तथा यसलाई लिएर आफुहरु उत्साहित भएको बताए। निर्देशक कविराज गहतराजले आकाश र पूजाको समय मिलाएर भिडियो निर्माण गर्न तीन महिना लामो समय प्रतीक्षा गरेको र अन्ततः प्रतीक्षाको फल मिठो निस्केको बताए। भिडियो गीतकार दीपक कंडेलेको निर्माणमा र प्रस्तुतिमा तयार पारिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

क्रिप्टोकरेन्सीको अनुसन्धानमा अभिनेत्री प्रियंका कार्की सीआईबीको नियन्त्रणमा

काठमाडौँ। अभिनेत्री प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ। डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा ब्यूरोले उनलाई अनुसन्धानको दायरामा ल्याएको हो। अनुसन्धान ब्यूरोले कार्कीलाई...

स्वस्तिमा अभिनित दक्षिण भारतीय फिल्म थिरिमालीको ट्रेलर सार्वजनिक

काठमाडौं: नेपाल फिल्म जगतकी अभिनेत्री स्वस्तिमा खड्का अभिनित दक्षिण भारतीय फिल्म थिरिमालीको ट्रेलर सार्वजनिक भएको छ।फिल्ममा अनुबन्ध भएदेखि नै नेपालमा स्वस्तिमाको चर्चा चुलिएको थियो। दक्षिण भारतीय फिल्म खेल्न सौभाग्य पाएकी स्वस्तिमाकोफिल्ममा कस्तो खालको भूमिका रहेको छ? यो प्रश्नको जवाफ साढे दुई मिनेट बढी रहेको ट्रेलरमा हेर्न सकिन्छ। ट्रेलरमा उनको इन्ट्री नृत्यबाट सुरु हुन्छ। फिल्ममा नेपालको थुप्रै ठाउँहरु देखाइएको छ। काठमाडौंबाहेक पोखरा र लुक्लासमेतको दृश्यट्रेलरमा हेर्न सकिन्छ। दक्षिण भारतीय फिल्मको कथावस्तु नेपालसम्म जोडिएकाले स्वस्तिमाले पनि फिल्ममा खेल्ने सौभाग्य पाएकोहुनसक्ने बताइएको छ। राजिव सेट्टीद्वारा निर्देशित फिल्मको मिति भने सार्वजनिक

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...