शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

भोट माग्न मतदातासँग औंठाछापसहित तमसुकपत्र नै दिइने

काठमाडौँ, ६ बैशाख । अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले नेपालकै इतिहासमा पहिलोपटक भोट माग्नलाई मतदातासँग घोषणापत्रको ठाउँमा तमसुकपत्र दिने निर्णय गरेको छ।

अहिलेसम्म जनताको भोटबाट जितेर जनप्रतिनिधि बनेकाहरुले सत्तामा पुगेपछि जनभावना अनुरुप काम नगरेको हुनाले उन्नत लोकतन्त्र पार्टीले मतदाताको हितमा काम नगरेको खण्डमा अदालतमा मुद्दा नै दायर गरेर हटाउन सकिने करारसहितको तमसुकपत्र आम नागरिकमा बाढ्ने ऐतिहासिक कामको शुरुवात गरेको हो।

पार्टीले आगामी स्थानीय तह चुनावलाई लक्षित गरी २१ बुँदे तमसुक जारी गरेको हो । तमसुकमा उल्लेख गरिएका काम निर्वाचित भएर पनि नगरेमा भोट फिर्ता लिई ५१ प्रतिशतबाट रिकल गर्न पनि भनिएको छ ।

चुनावमा मतदातालााई आकर्षित गर्न एक रुपैया पनि खर्च नगर्ने तमसुक पत्रमा उल्लेख छ । त्यस्तै पानी,स्वास्थ्य,शिक्षा र भूमिहिनलाई आवासको निर्देशिका बनाई निशुल्करुपमा उपलब्ध गराउने,सबै पालिकामा जंगली जनावरले बालीमा पु¥याउन सक्ने क्षती तत्कालै रोक्ने र रोक्न नसके सम्पूर्ण क्षति व्यहोर्ने उल्लखे गरिएको छ ।

त्यस्तै भ्यू टावर र स्वागतद्धारका लागि कुनै रकम विनियोजन नगर्ने,राजनितीक आधारमा दिएको चन्दा पुरस्कार रोक्ने र पालिकाले लगाएको दोहोरो तेहेरो कर रोक्ने पनि तमसुक पत्रमा उल्लेख गरिएको छ ।

हाल देशव्यापी भ्रमणको क्रममा पार्टीले पोखरा, हेटौडा, चितवन, निजगढ लगाएत क्षेत्रमा केन्द्रिय अध्यक्ष स्वागत नेपाल सहितको टोली नै पुगेर तमसुकपत्र मतदाताहरुलाई वितरण गरेको थियो। अधिवक्ता स्वागत नेपालले लामो समयदेखि राइट टु रिजेक्ट र राइट टु रिकलको व्यवस्था नेपालको राजनीतिमा हुनुपर्छ भन्दै बिभिन्न चरणमा आन्दोलनदेखि मुद्दा मामिला समेत गर्दै आएका

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

सुदुरपश्चिम एमाले सचेतकमा भट्ट चयन

११ माघ, धनगढी । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...